×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार मन्त्रिमण्डल हेरफेर हुन सक्ने बताएका छन् । मंगलवार साँझ बसेको मन्त्रिपरिषद बैठकमा बुधवार मन्त्रिमण्डल हेरफेर हुन सक्ने भएकाले मन्त्रीहरूलाई औपचारिक कार्यक्रममा कतै नजान आग्रह गरेका हुन् ।

Muktinath Bank

‘भोलि मन्त्रिमण्डल पुनर्गठन हुन सक्ने सम्भावना छ,’ प्रधानमन्त्री ओलीको भनाई उदृत गर्दै एक मन्त्रीले भने, ‘को को बाहिरिनु हुन्छ, को को रहनुहुन्छ अहिल्यै म भन्दिन । यसलाई अन्यथा नलिनुहोला ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्वस्त स्रोतका अनुसार बुधवार प्रधानमन्त्रीले महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापामगर, आपूर्तिमन्त्री मातृका यादव, संघीय मामिलामन्त्री लालबाबु पण्डित, कृषिमन्त्री चक्रपाणी खनाल र श्रममन्त्री गोकर्ण बिष्टलाई मन्त्रिपरिषदबाट बिदाई गर्नेछन् ।


Advertisment
Nabil box
Kumari

बिदाई हुनेमा दुई राज्यमन्त्री पनि छन् । पर्यटन राज्यमन्त्री धनबहादुर बुढा र कृषि राज्यमन्त्री रामकुमारी चौधरीलाई पनि प्रधानमन्त्री ओलीले बिदाई गर्नेछन् ।

Vianet communication

बिदाई हुने मन्त्रीहरूको जिम्मेवारीमा आउने नयाँ मन्त्रीहरूको नाम तयार भइसकेको छ तर त्यसलाई गोप्य राखिएको छ ।

बुधवार बिहान नेकपाको सचिवालय बैठक पनि बोलाइएको छ । प्रधानमन्त्री ओलीले सचिवालयमा मन्त्रिमण्डल पुनर्गठनको औपचारिक प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको स्रोतको दाबी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x