१७ असार २०८३, बुधबार

राम जन्मभूमि अयोध्याबाट १०८ कुमार विवाह गर्न कन्या खोज्दै जनकपुर आउने

राम जन्मभूमि अयोध्याबाट १०८ कुमार विवाह गर्न कन्या खोज्दै जनकपुर आउने

भारतको सर्वाेच्च अदालतले अयोध्यामा विवादित भूमिमा राम मन्दिर बनाउन फैसला सुनाएको छ । राम मन्दिरका पक्षमा अदालतको फैसलापछि रामभक्त खुशी छन् ।

खुशीयालीबीच यसपालिको रामसीता विवाह पञ्चमीमा अयोध्याका १०८ कुमार केटा विवाहका लागि कन्या खोज्दै २ नम्बर प्रदेशको जनकपुरधाम आउने भएका छन् । राम समेत कन्या खोज्दै जनकपुर आएपछि सीतासँग विवाह भएको थियो ।

हरेक वर्ष मनाइने विवाह पञ्चमीलाई भारतीय पक्षले यसपालि भव्यताका साथ मनाउने तयारी गरेको छ । विवाह पञ्चमीमा अयोध्याबाट आएका १०८ जोडीले जनकपुरमा विवाह गर्ने भएका छन् ।

भारतको उत्तर प्रदेश, बिहार, मध्य प्रदेश लगायत क्षेत्रका दुलाहा र जनकपुरकी दुलहीबीच विवाह हुने विश्व हिन्दू परिषद्लाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले समाचार प्रकाशित गरेका छन् । रामको विवाह रथ र बैण्डबाजा सहित जनकपुर आउने छ । विवाह कार्यक्रम १ डिसेम्बरको दिन जनकपुरको दशरथ मन्दिरमा हुनेछ ।

विवाह समारोहमा दुवै देशका प्रमुख अतिथि को–को हुने भन्ने यकिन भइनसकेपनि प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई निमन्त्रणा पठाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

‘विवाह समारोहमा मुख्यमन्त्री योगी सहभागी हुन सक्नुहुन्छ,’ विश्व हिन्दू परिषद्को अवध क्षेत्रका प्रवक्ता शरद शर्माले भने ।

अयोध्याको जानकी घाटबाट बिहीवार शुरू हुने राम विवाह कार्यक्रम १३ दिनसम्म चल्नेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्