
साहित्यकार केदार पोखरेलको छैटौं कृति ‘बाटो भत्किएपछि’ शनिवार लोकार्पण गरिएको छ ।
पूर्वमन्त्री आनन्द पोखरेल, प्रा.डा. रामदयाल राकेश, प्राध्यापक गार्मी शर्मा, कथाकार माया ठकुुरी लगायतले कृतिको शनिवार काठमाडौंमा आयोजित समारोहमा लोकार्पण गरेका हुन् ।
सर्जक पोखरेलले कृतिमा अध्यात्म, परिवार, गाउँ, समाज, सुुशासन, राष्ट्रप्रेमका साथै राजनीतिक र कानूनका क्षेत्रमा मौलाउँदै गएको विकृति र विसंगतिका घटना उजागर गर्न कोसिस गरेका छन् ।
कृतिको समीक्षा गर्दै साहित्यकार स्वागत नेपालले मुुलुुकको शासन व्यवस्था ठीक ढंगबाट अघि नबढेका कारण जनताले खेप्नु परेको यावत भोगाइको चित्र गरिएको कविता संग्रहबारे जानकारी गराएका थिए ।
अर्थशास्त्री डा. विजय पौडेलले सांस्कृतिक चेतना विना समाजले समृद्धि हासिल गर्न सक्दैन भन्ने पाटोबाट हेर्दा पुस्तक निकै स्तरीय रहेको बताए । सो अवसरमा पूर्वमन्त्री पोखरेल, साहित्यकारत्रय राकेश, शर्मा र ठकुुरीले छोटो समयमा धन कमाउ भन्ने सोचले राष्ट्रका वैभव भाषा, संस्कृति, संस्कार, नैतिकता, परम्परामा असर पुुर्याउने ढंगबाट अघि बढिरहेको समाजलाई एक पटक आफ्नो धरातलाई बुुझेर अघि बढन कृतिले मार्गनिर्देश गरेको धारणा राखे ।
उनीहरूले मानवीय मूूल्य र मान्यताका हिसाबले समाज कमजोर भएको तथा राजनीतिमा नीति र नैतिकता हराएका विषयमा पनि कविले कृतिमा व्यंग्य गर्न सफल भएको बताए । संग्रहमा आशा अनुुरोध, देशको निर्माण, बाँचेर त हेर, जीवनको अर्थ, आमा, बूढेसकालको बासना, मात्यौ भने ढल्छौ, कानूून दिवस, क्रान्ति, सुुन्दरता र धन, सुुगा–देश– विदेश, मान्छे कि पशुुलगायतका शीर्षकका एकसय कविता समावेश छन् ।
यसअघि साहित्यकार पोखरेलले सम्मान, अंशबण्डा, दलितको झुपडी कथा संग्रह, आमा कविता संग्रह, चेप्टे भँगालो उपन्यास प्रकाशित छन् ।