३२ असार २०८३, बिहीबार

चाणक्य भन्छन् - मूर्ख व्यक्तिको प्रशंसा गर्नुपर्छ, किन ?

चाणक्य भन्छन् - मूर्ख व्यक्तिको प्रशंसा गर्नुपर्छ, किन ?

आचार्य चाणक्य प्राचिन भारतवर्षका महान राजनीतिज्ञ थिए । उनले राज्यसंचालनका क्रममा बनाएका नीतिहरू आज पनि प्रसिद्ध छन् ।

उनलाई कौटिल्य या विष्णुगुप्तको रूपमा पनि चिनिन्छ । चाणक्य नीतिको पालना गर्नेहरू अहिले पनि जिन्दगीमा आउने समस्याहरूबाट मुक्त भएका उदाहरणहरू भेटिन्छन् ।

चाणक्य नीतिअनुसार जहाँ व्यक्तिलाई कुनै मान-सम्मान मिल्दैन, जहाँ आदार हुँदैन र जहाँ कुनै रोजगारी मिल्दैन यस्तो ठाउँ छोड्नुपर्छ ।

चाणक्यले कुनै एउटा सफल व्यक्तिले आफ्नो कमजोरी कहीं कसैलाई पनि भन्न नहुने महत्त्वपूर्ण कुरा सिकाएका छन् । यसबाट कसैले पनि फाइदा उठाउन सक्छ ।

उनको नीतिका अनुसार जसप्रति पूरा भरोसा गर्न सकिन्छ वा जसले विश्वासघात गर्दैन उसलाई साँचो मित्र मान्न सकिन्छ । उनका अनुसार साँचो मित्रले दुखको समयमा साथ छाड्दैन ।

चाणक्य नीतिका अनुसार यस्तो मान्छेलाई कसैले पनि साथी बनाउनु हुँदैन जसले अगाडि मिठो कुरा गर्छ र पछाडि नमिठो कुरा काट्छ । यस्ताले जुनसुकै बेलामा पनि ढोका दिन सक्छन् ।

उनका अनुसार कुनै मूर्ख व्यक्तिलाई जति सम्झाएपनि मूर्खाताकै कारण उसले केही पनि सम्झिन सक्दैन । यस्ता व्यक्तिलाई प्रशंसा गर्नुपर्छ ।

salt training

कमेन्ट गर्नुहोस्