माघ २५, २०८०
काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...
पुस १७, २०७६
२० लाख पर्यटक भित्र्याउने ‘महत्त्वाकांक्षी’ लक्ष्यसहित सरकारले नेपाल भ्रमण वर्ष २०२० को भव्य शुरूआत गरेको छ ।
बुधवार दशरथ रंगशालामा आयोजित विशेष समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको शुभारम्भ गरिन् । बुधवार नै सातवटै प्रदेशमा विशेष कार्यक्रम गरियो ।
केही विदेशी प्रतिनिधि समेत उपस्थित कार्यक्रममा राष्ट्रपति भण्डारी र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण गर्न पर्यटकहरूलाई आह्वान गरे ।
सरकारले अन्तर्राष्ट्रिय स्तरमा पनि भ्रमण वर्षको प्रचार–प्रसार गरिरहेको छ । पर्यटन र यात्रासम्बन्धी प्रतिष्ठित संघ–संस्था र पत्रपत्रिकाले पनि सन् २०२० मा भ्रमण गर्नुपर्ने देशको सूचीमा नेपाललाई समावेश गर्नु हाम्रा लागि अवसर हो ।
पर्यटनको प्रचूर सम्भावना रहेको नेपालमा २० लाख पर्यटक भित्र्याउनु कुनै ठूलो कुरा होइन । नेपालको जति पनि विविधता नभएका एसियाका कम्बोडिया, भियतनाम, इन्डोनेसियाजस्ता देशले बर्सेनि लाखौं पर्यटक भित्राएका छन् ।
पर्यटन उद्योगमार्फत् ती देशले राष्ट्रिय आम्दानी बढाएका छन् र धेरैलाई रोजगारी सिर्जना गरेका छन्, तर पर्यटनको विस्तारमा नेपालले आफ्नो सम्भावनालाई बेच्न सकेको छैन । गत वर्षको आँकडा हेर्दा ११ लाख पर्यटक मात्र नेपाल आएका छन् ।
भ्रमण वर्षको पूर्वसन्ध्यामा भएको चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण नेपालका लागि अर्को अवसर पनि थियो । सीको भ्रमणपछि नेपाल भ्रमणमा चिनियाँ पर्यटक आउन इच्छुक छन् ।
नेपालसँग सीमा जोडिएको तिब्बतमा मात्र वार्षिक एक करोड चिनियाँले भ्रमण गर्छन् । त्यहाँ आउने १० प्रतिशत चिनियाँ पर्यटकलाई मात्र नेपाल ल्याउन सकेमा नेपाले वार्षिक २० लाख पर्यटक भित्र्याउन समस्या हुँदैन ।
जतिसुकै सुधारको कुरा गरेपनि विमानस्थलमा अहिले पनि यात्रुले आफ्नो लगेज लिनका लागि लामो समय कुर्नुपर्छ । पैसा खर्च गरेर आराम र मनोरञ्जनका लागि आउने पर्यटकले लगेज लिन लामो समय विमानस्थलमा कुर्नु पर्दा उनीहरूको मनमा कस्तो भावना उत्पन्न हुन्छ होला ? विमानस्थलबाट बाहिरिएपछि पर्यटक ट्याक्सीबाट ठगिन्छन् ।
हिँड्ने सडक धुलाम्मे छ । काठमाडौंबाट नजिक रहेको पर्यटकीय स्थल नगरकोट जाने सडकको अवस्थाले हाम्रो तयारी कस्तो छ भन्ने देखाउँछ ।
विमानस्थलदेखि पदयात्रासम्म पर्यटकलाई विभिन्न दिग्दारी र झण्झटबाट मुक्त गर्नु जरुरी छ ।
पर्यटकको संख्या बढाउनु मात्र ठूलो कुरा होइन, नेपालमा खर्च गर्न सक्ने पर्यटक भित्र्याउनु महत्त्वपूर्ण कुरा हो । त्यो भन्दा महत्त्वपूर्ण कुरा नेपाल आएर फर्किएका पर्यटक फेरि–फेरि नेपाल भ्रमणमा आउने वातावरण बनाउनु तथा नेपाल भ्रमणमा आएका पर्यटकले आफ्नो परिवारका सदस्य तथा साथीलाई नेपाल भ्रमण गर्नुपर्छ भन्ने सन्देश लैजान सके भने दशरथ रंगशालामा गरेको तामझामभन्दा महत्त्वपूर्ण हुनेछ ।
पर्यटकलाई आतिथ्यता प्रदान गर्ने होटल व्यवसायीले पनि एउटै पर्यटकसँग धेरै कमाउ भन्ने भावना त्यागेर धेरै पर्यटक ल्याउन आफ्नो ठाउँबाट योगदान गर्न जरुरी छ ।
काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्मा ठूला भनिएका दलका शीर्ष न...
काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ । नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...
कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...
लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...