१० असार २०८३, बुधबार

कर्णले पाएको एक श्राप जुन उनको मृत्युको कारण बन्यो, महाभारतको रोचक कथा

कर्णले पाएको एक श्राप जुन उनको मृत्युको कारण बन्यो, महाभारतको रोचक कथा

भगवान् परशुरामबाट धनुर्विद्या प्राप्त गरेपछि कर्णले बालुवाको कणलाई पनि निशाना बनाउन सक्ने सामर्थ्य प्राप्त गरेका थिए । 

उनी उडिसाको कोणार्कमा सूर्य भगवानको तपस्या गरेर कैयौं दिनसम्म ध्यानमा बसे । 

केही हप्ता साधनामा बसेपछि उनको भोक एकदमै बढ्यो । उनले बल्लबल्ल काँक्रो भेटे र खाए तर त्यसले त झन् उनको भोक जगायो । उनले यताउता हेर्दा झाडीपछाडि एउटा जनावर चल्मलाएको जस्तो देखे ।

हरिण होला भनेर उनले धनुष र वाण निकाले र आँखा चिम्लेर वाण प्रहार गरे । जनावरको मासु खाएर भोक मेट्ने कल्पना उनले गरे । 

तर झाडीमा पुगेपछि पो उनले थाहा पाए, त्यो त गाई रहेछ । गाईलाई मार्नु सनातन धर्ममा गम्भीर पाप ठहर्थ्यो । कर्ण एकदमै डराए । उनले गाईलाई हेरे । गाईले उनीतिर कोमल नेत्रले हेरिन् र सधैंका लागि आँखा बन्द गरिन् । 

कर्ण के गर्ने होला भनी अलमल्ल परे । त्यतिखेरै एकजना ब्राह्मण त्यहाँ आइपुगे र मरेको गाईलाई हेरेर विलाप गर्न थाले । ब्राह्मणले भने, ‘तिमीले मेरो गाई मारिदियौ । म तिमीलाई श्राप दिन्छु । तिमी योद्धा जस्ता देखिन्छौ त्यसैले म श्राप दिन्छु, तिमी रणभूमिमा अप्ठ्यारो अवस्थामा रहँदा तिम्रो रथ भुइँमा गाडिनेछ ।

तिमी रथलाई निकाल्ने कोशिश गर्दा असहाय हुनेछौ र त्यतिखेरै मारिनेछौ । तिमीले असहाय गाईलाई मारेकाले यो श्राप लाग्नेछ ।’

पछि महाभारतको युद्ध हुँदा अर्जुनसँग लड्ने क्रममा कर्णको रथ भासियो । उनले रथको चक्का निकाल्ने प्रयत्न गर्दागर्दै अर्जुनले श्रीकृष्णको इशारामा वाण चलाएर कर्णको वध गरे ।

salt training

कमेन्ट गर्नुहोस्