×

NIC ASIA

लुम्बिनीमा तीन दिने अन्तर्राष्ट्रिय बौद्ध कला, संस्कृति र साहित्य महोत्सव हुने भएको छ । 

Muktinath Bank

प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा महोत्सव हुने भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माघ २४ गतेदेखि २६ गतेसम्म हुने महोत्सवमा बौद्ध कला र साहित्यको प्रदर्शन तथा बौद्ध अध्ययनसम्बन्धी साहित्यको विविध विषयमा गोष्ठी हुँदैछ । 


Advertisment
Nabil box
Kumari

बौद्ध कला, संस्कृति र साहित्यको महोत्सव नेपालमै पहिलोपटक आयोजना भएको हो ।

Vianet communication

महोत्सवकै अवधिमा मोलाम पूजा, बौद्ध कला, संस्कृति तथा साहित्यको प्रदर्शनी हुने लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलक आचार्यले जानकारी दिए । 

महोत्सवको पहिलो दिन माघ २४ गते बिहान लुम्बिनीमा शान्ति दौड हुँदैछ । दौडमा करीब ५ सय जनाको सहभागिता रहने भएको छ ।

शुक्रबार बिहान ११ बजे महोत्सवको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महोत्सवको उद्घाटन कार्यक्रम लुम्बिनी विकास कोषको सभा हलमा हुने विश्वविद्यालयले जनाएको छ ।

शुक्रवारबाटै विश्वविद्यालय परिसरमा अक्षेश्वर महाबिहारको संयोजनमा बौद्ध कलाको प्रदर्शनी हुनेछ । प्रदर्शनीमा बौद्ध धर्म र संस्कृतिसम्बन्धी विभिन्न समुदायको कलाकृति राखिने जनाइएको छ ।

बिहान ११ बजेदेखि नै साँझसम्म बौद्ध सांस्कृतिक कार्यक्रम तय गरिएको छ । सभा हलमा हुने सो कार्यक्रममा बौद्ध धर्म र संस्कृति झल्किने नृत्यहरू गुन्ला, धिमे, चर्या नृत्य, योगी तथा अनुप्रास लगायतका कार्यक्रम हुनेछन् ।

माघ २५ गते मोलाम पूजा र योगासहित विविध बौद्ध विषयहरूमा कार्यपत्र प्रस्तुत हुने कार्यक्रम तय गरिएको छ ।

पूर्वमन्त्री मोदनाथ प्रश्रित, पूर्व सभामुख दमननाथ ढुंगाना, पूर्व राजदूत खगनाथ अधिकारी, टंक कार्की, विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. त्रिरत्न मानन्धर, डा. कुन्दन अर्याल, पुरातत्वविद् कोषप्रसाद आचार्य, वसन्त बिडारी, प्राज्ञ गोपिरमण उपाध्याय सहितका १६ विद्धानहरुले कार्यपत्र प्रस्तुत गर्ने विश्वविद्यालयका डीन प्रा.डा. वेदप्रसाद गिरीले जानकारी दिए ।

कार्यपत्र प्रस्तुत २५ र २६ गते प्रस्तुत हुने उनले जानकारी दिए । महोत्सव समापन २६ गते साँझ हुने भएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x