०१ असार २०८३, सोमबार

बारा र खोटाङसहित दुर्गममा कांग्रेसको सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

जेठ ३०, २०८३
काठमाडौं
बारा र खोटाङसहित दुर्गममा कांग्रेसको सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

नेपाली कांग्रेसले विभिन्न कारणले क्रियाशील सदस्यता अद्यावधिक हुन बाँकी रहेका जिल्ला र क्षेत्रका लागि समय थप गर्ने निर्णय गरेको छ ।

शनिबार पार्टी कार्यालयमा बसको 'क्रियाशील सदस्यता व्यवस्थापन केन्द्रीय समिति'को बैठकले 
बैठकले इन्टरनेटको पहुँच कम भएका उच्च हिमाली जिल्ला, विकट पहाडी क्षेत्रका पालिकाहरू तथा प्राविधिक र आन्तरिक कारणले सदस्यता अद्यावधिकमा ढिलाइ भएका बारा र खोटाङ जिल्लाका लागि असार ७ गतेसम्मको समयसीमा तोकेको हो । 
समितिका संयोजक एवं पार्टी महामन्त्री प्रदीप पौडेलले  हालसम्म डिजिटल प्रणालीमा कुल ७ लाख ८२ हजार २०९ क्रियाशील सदस्यहरूको विवरण दर्ता भइसकेको बताए ।

जसमध्ये ५ लाख ३८ हजार ६२२ जनाले आफ्नो डिजिटल परिचयपत्र समेत प्राप्त गरिसकेका छन् । बाँकी रहेका १ लाख ४९ हजार ३०९ फारामहरू वडा तहबाट अनुमोदन हुने प्रक्रियामा रहेकाले असार ५ गतेभित्र ती सबैलाई टुङ्ग्याउन वडा तहलाई निर्देशन दिइएको उनले बताए । तोकिएको मितिमा वडाबाट अनुमोदन नभए केन्द्रले स्वतः नवीकरण गर्ने चेतावनीसमेत दिइएको छ ।
पार्टीका  कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले नयाँ क्रियाशील सदस्यता वितरणको कार्य भने असार २० गतेसम्म जारी रहने बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्