
नेपाल रत्न तथा आभूषण संघमा शक्ति कुमार बेगानीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
संघको २० औं साधारणसभा एवं ८ औं अधिवेशनबाट बेगानीको नेतृत्वमा निर्विरोध नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
‘संघको गरिमालाई अझै उँचो बनाउने गरी काम गर्नेछु’, अध्यक्षमा निर्वाचित बेगानीले भने ।
उनका अनुसार संघको वरिष्ठ उपाध्यक्षमा जयराम पाण्डेय, प्रथम उपाध्यक्ष निभारत्न शाक्य, द्वितीय उपाध्यक्ष सचिन गुप्ता, महासचिव प्रविण शाक्य, सचिव विकास जोधानी, कोषाध्यक्ष रबिन्द्ररत्न स्थापित रहेका छन् ।
यस्तै, सदस्यहरूमा सुरेश शाक्य, लिभा श्रेष्ठ, शिरिन ताम्राकार, अजय कुमार राठी, चन्द्रमान मल्ल, पदमलाल पाण्डेय, मिनबहादुर ओली र लोप्साङ छोडेन शेर्पा लामा निर्वाचित भएका छन् ।