३१ जेठ २०८३, आइतबार

पर्साबाट एक सय किलो गाँजा बरामद

जेठ ३१, २०८३
पर्सा
पर्साबाट एक सय किलो गाँजा बरामद

जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेड क्वाटरको संयुक्त टोलीले आज एक सय किलो गाँजा बरामद गरेको छ । 

संयुक्त टोलीले पर्साको जगरनाथपुर गाउँपालिका-३ मुरैयाचोकस्थित खेतमा पाँच वटा चामलको बोरामा लुकाइछिपाइ राखेको अवस्थामा एक सय किलो गाँजा बरामद गरेको हो ।

उक्त गाँजा कसको हो, कसले कुन प्रयोजनका लागि लुकाइछिपाइ राखेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्