०२ असार २०८३, मंगलबार

लागुऔषध कारोबारमा संलग्न १३ जना पक्राउ​

असार १, २०८३
काठमाडौं
लागुऔषध कारोबारमा संलग्न १३ जना पक्राउ​

लागुऔषध कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

ब्यूरोका अनुसार विशेष सूचनाका आधारमा गरिएको कारबाहीका क्रममा उनीहरूको साथबाट २ लाख ९ हजार क्याप्सुल ट्रामाडोल बरामद भएको छ ।​​

यसैगरी, बुप्रेनोर्फिन, डाईजेपाम र फेनारगन २ हजार ४०० एम्पुल, ७ लाख ८७ हजार ५ सय रुपैयाँ नगद र विभिन्न कम्पनीको २८ थान मोबाइल बरामद भएको छ ।​

लागुऔषधसहित पक्राउ परेकाहरूविरुद्ध थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।

null

salt training

कमेन्ट गर्नुहोस्