०३ असार २०८३, बुधबार

चितवनबाट अपहरण परेका किशोरको काठमाडौंमा उद्धार, पाँच जना पक्राउ

असार २, २०८३
काठमाडौं
चितवनबाट अपहरण परेका किशोरको काठमाडौंमा उद्धार, पाँच जना पक्राउ

चितवनको नारायणगढबाट अपहरणमा परेका १६ वर्षीय एक किशोरलाई काठमाडौंबाट सकुशल उद्धार गरिएको छ । घटनामा संलग्न पाँच जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार असार १ गते सोमबार साँझ करिब ६:३० बजे चितवनको नारायणगढबाट ५–६ जनाको समूहले स्थानीय १६ वर्षीय रिसब गुप्तालाई जबरजस्ती भारतीय नम्बर प्लेटको गाडीमा राखेर काठमाडौं ल्याएको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

त्यसपछि अपहरणकारीहरूले उनलाई काठमाडौंको एक होटलमा बन्धक बनाएर परिवारसँग फिरौती रकम माग गरेको सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो ।

खोजतलासका क्रममा बसपार्कस्थित होटल फेमिलीबाट गुप्तालाई सकुशल उद्धार गरिएको र घटनामा संलग्न पाँच जनालाई नियन्त्रणमा लिइएको एसएसपी खड्काले बताए ।

पक्राउ पर्नेहरू भारतको बिहार राज्यको बेतिया निवासी १८ वर्षीय सुजित कुमार, १८ वर्षीय गोलु कुमार, अर्का १८ वर्षीय गोलु कुमार, १८ वर्षीय बिक्कि कुमार र १८ वर्षीय मोहम्मद साहिद रहेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्