०५ असार २०८३, शुक्रबार
राहदानी विभागका डीजी पक्राउ

राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

असार २, २०८३
काठमाडौं
राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

राहदानी खरिद प्रकरणको अनुसन्धानको सिलसिलामा अर्याललाई मंगलबार नियन्त्रणमा लिइएको आयोग स्रोतले जानकारी दियो ।

यसअघि आयोगको टोलीले सोमबार साँझ विभागबाट केही कागजात नियन्त्रणमा लिएको थियो । 

आयोगले विभागका प्रशासन तथा व्यवस्थापन शाखाका निर्देशक एवं प्रवक्ता सोमेश थापा र सूचना प्रविधिका निर्देशक सुनिल कुमार केसीलाई पनि नियन्त्रणमा लिइएको बताइएको छ । 

उनीहरूमाथि अहिले सोधपुछ चलिरहेको आयोग स्रोतले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्