२५ असार २०८३, बिहीबार
पूर्वाधार विकासमन्त्रीको जवाफ

‘थानकोटदेखि धुलिखेलसम्म १५० किमीको मेट्रो रेलको प्लानिङ गरेका छौं, डीपीआरका लागि टेण्डर हुन्छ’

असार ४, २०८३
काठमाडौं
‘थानकोटदेखि धुलिखेलसम्म १५० किमीको मेट्रो रेलको प्लानिङ गरेका छौं, डीपीआरका लागि टेण्डर हुन्छ’

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले काठमाडौं उपत्यकामा मेट्रो रेल बनाउनेबारे नयाँ अध्ययन गर्ने बताएका छन् । यसअघिको २७ किमीको स्थगित गरेर नयाँ योजना बनाइरहेको बताएका हुन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङ (हर्कराज राई)ले सोधेको प्रश्नमा मन्त्री लम्सालले १५० किमीको मेट्रो रेलको योजना बनाएको बताएका हुन् ।

‘यसअघिको २७ किमीकोलाई स्थगित गरेर थानकोटदेखि धुलिखेलसम्म पुग्नेगरी मास्टर ट्रान्सपोटेसन प्लान अन्तर्गत १५० किमीको मेट्रोको योजना बनाएका छौं, यो पनि डीपीआरमा जान्छ’, मन्त्री लम्सालले भने ।

मन्त्री लम्सालले अहिलेसम्म उपलब्धि नभए पनि पानीजहाजको विकास गर्न सकिने भएकाले बजेटमा परेको बताए ।

‘पानीजहाज कार्यालयमा परेको बजेट दुरुपयोग नगरौं, ट्राइ गरौं, समुद्रसम्म जाने नभए पनि मिनीपानीजहाज चलाउन सकिन्छ’, मन्त्री लम्सालले भने ।

salt training

कमेन्ट गर्नुहोस्