१५ असार २०८३, सोमबार

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

असार ४, २०८३
काठमाडौं
भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

भिजिट भिसामा खाडी मुलुक ओमान जान लागेका २७ जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । 

बुधबार राति प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार फ्लाई दुबईको फरक फरक उडानद्वारा यी महिला ओमान जाने तयारीमा थिए । 

अनुसन्धान कार्यालयका प्रमुख, एसएसपी सन्तोष खड्काका अनुसार उनीहरूसँग ओमानको भिसा, टिकट र होटल डकुमेन्ट देखिए पनि सोही पासपोर्टमा कुवेतको भिसा पनि भेटिएपछि शंकाका आधारमा उनीहरूमाथि निगरानी बढाइएको थियो । 

अध्यागमन कार्यालयले शंका गरेपछि प्रहरीले अनुसन्धान गरेको हो । प्रहरीका अनुसार नियन्त्रणमा लिइएका महिलाहरू फ्लाई दुबईको उडानबाट ओमानको राजधानी मस्कट हुँदै त्यहाँबाट कुवेत जाने रुट तय भएको थियो । 

‘भिसा शंकास्पद देखिएपछि नियन्त्रणमा लिइएको हो, यी महिलाहरूलाई विदेश पठाउने गिरोहबारे अनुसन्धान भइरहेको छ’, एसएसपी खड्काले भने ।

salt training

कमेन्ट गर्नुहोस्