०५ असार २०८३, शुक्रबार
नतिजा सार्वजनिक

३५ दिनमै कक्षा १२ को नतिजा सार्वजनिक: ६४ प्रतिशत विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरे

असार ५, २०८३
काठमाडौं
३५ दिनमै कक्षा १२ को नतिजा सार्वजनिक: ६४ प्रतिशत विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरे

कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । आज (शुक्रबार) बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो । 

परीक्षामा चार लाख १८ हजार १७० जना परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये ६४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ ।

प्रकाशित नतिजाअनुसार कुल परीक्षार्थीमध्ये २ लाख ६५ हजार १९० जना विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् । यो कुल सहभागीको ६४.१३ प्रतिशत हो।

नियमिततर्फ ३ लाख ३२ हजार २४१ विद्यार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये ३० जनाको परीक्षा रद्द गरिएको छ भने २ लाख ३१ हजार ७७० जनाले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् । नियमिततर्फ ग्रेड प्राप्त गर्ने प्रतिशत ६९.७५ रहेको बोर्डले जनाएको छ।

यस्तै, आंशिकतर्फ ८५ हजार ९२९ विद्यार्थी सहभागी भएकामा १० जनाको परीक्षा रद्द गरिएको छ। आंशिकतर्फ ३६ हजार ४२० जनाले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् । यो ४२.३८ प्रतिशत हो।

बोर्डका अनुसार गत वैशाख १४ गतेदेखि भएको कक्षा १२ को परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी थिए । परीक्षा सञ्चालनको ३५ दिनमै रिजल्ट निकालिएको हो ।

जसमा ५ हजार ३३९ विद्यालयका नियमिततर्फ ३ लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा दिएका थिए । त्यसमा १ लाख ७२, हजार ०१२ छात्र र १ लाख ६० हजार १३७ छात्रा र अन्य २९० जना थिए । देशभर १ हजार ४२० र जापानमा १ समेत गरी कूल १ हजार ४२१ परीक्षा केन्द्र थियो । 

नतिजा बोर्डको वेबसाइट result.neb.gov.np तथा neb.gov.np मा हेर्न सकिने व्यवस्था गरिएको छ। त्यस्तै नेपाल टेलिकमको neb.ntc.net.np वेबसाइट, एसएमएस, आईभीआर र यूएसएसडी सेवामार्फत पनि नतिजा प्राप्त गर्न सकिने बोर्डले जनाएको छ।

बोर्डले नतिजासँगै प्रमाणपत्र वितरण, ग्रेडवृद्धि परीक्षा तथा त्रुटि सच्याउने प्रक्रियाबारे पनि जानकारी दिएको छ। नतिजा प्रकाशित भएको मितिले सात दिनभित्र ग्रेड चित्त नबुझेका विद्यार्थीले प्रतिविषय एक हजार रुपैयाँ शुल्क तिरेर पुनर्योग (रिटोटलिङ) का लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

यस्तै, नतिजामा नाम, थर, जन्ममिति, रजिस्ट्रेसन नम्बर वा विषयगत विवरणमा त्रुटि देखिएमा आवश्यक कागजातसहित सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमार्फत निवेदन दिन सकिने बोर्डले जनाएको छ।

null

salt training

कमेन्ट गर्नुहोस्