१२ असार २०८३, शुक्रबार

निजामती अस्पतालमा छ महिनादेखि ‘सीटी स्क्यान’ सेवा ठप्प

असार ७, २०८३
काठमाडौं
निजामती अस्पतालमा छ महिनादेखि ‘सीटी स्क्यान’ सेवा ठप्प
फाइल फोटो

काठमाडौंको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा सीटी स्क्यान सेवा बन्द भएको छ ।

विगत छ महिनादेखि सीटी स्क्यान मशिन बिग्रिएर सेवा बन्द भएको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा रविप्रकाश शर्माले जानकारी दिए ।

'सीटी स्क्यान मशिन बिग्रिएर बिरामीलाई धेरै नै समस्या भएको छ,' उनले भने, 'बिरामीलाई सीटी स्क्यानका लागि अन्यत्र पठाउनुपरेको छ ।'

अस्पतालमा दैनिक ६०० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्