
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन् ।
सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको हो ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख, डीआईजी जयराज सापकोटाका अनुसार सम्पत्ति शुद्धीकरण विभागको समन्वयमा जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीलाई उनलाई पक्राउ गरेको हो ।
सुर्खेत प्रहरीले पौडेललाई प्रहरीका साथमा सोमबार नै काठमाडौं पठाएको छ ।
पौडेल पार्टी कामको सिलसिलामा सुर्खेतमा थिए ।
उनलाई सुर्खेतको वीरेन्द्रनगरस्थित शुभ होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पौडेल पूर्वअर्थमन्त्री हुन् ।