
दोलखामा कार दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
भीमेश्वर नगरपालिका- ६ भुतपोखरीस्थित चरिकोट–कालिञ्चोक सडक खण्डमा बा १५ च १४९२ नम्बरको कार दुर्घटनामा परेको हो ।
मंगलबार दिउँसो करिब साढे ३ बजेको समयमा कालिञ्चोक मन्दिरको दर्शन गरी चरिकोटतर्फ आउँदै गरेको कार ब्रेक फेल भई अनियन्त्रित हुँदा सडकबाट करिब १३ मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा काठमाडौं शंकरापुर नगरपालिका- २ बस्ने ६५ वर्षीय सन्त नासुर, सोही ठेगाना भएका ५५ वर्षीया राम्री नासुर, २२ वर्षीया अनिता नासुर, १२ वर्षीय सुजन नासुर, ८ वर्षीय सुजित नासुर तथा २२ वर्षीया सुनिता तामाङ घाइते भएका छन् ।
सबै घाइतेहरूको च्छोरोल्पा अस्पताल चरिकोटमा उपचार भइरहेको छ ।
कार चालक शंकरापुर नगरपालिका- ३ बस्ने २१ वर्षीय निरज तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।