११ असार २०८३, बिहीबार
सम्पत्ति शुद्धीकरण मुद्दा

विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

असार ९, २०८३
काठमाडौं
विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

विशेष अदालतले नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न ७ दिनको अनुमति दिएको छ ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका लागि विशेष अदालतले मंगलबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई ७ दिनको अवधि प्रदान गरेको सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् । विभागले २० दिनको समय माग गरेको थियो । 

विशेष अदालतका न्यायाधीहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले म्याद थप अनुमति दिएको हो । 

विभागले इमेलमार्फत पठाएको पत्रका आधारमा नेपाल प्रहरीले पौडेललाई जरूरी पक्राउ पूर्जी जारी गरी सोमबार साँझ करिब ५:१५ बजे सुर्खेतबाट पक्राउ गरेको थियो । पक्राउपछि उनलाई नेपालगञ्ज हुँदै स्थलमार्गमार्फत काठमाडौं ल्याएर विभागमा उपस्थित गराइएको थियो ।

दीपक भट्टसमेतविरुद्ध दायर सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अभियोगपत्रमा चुन्नप्रसाद शर्मा र कमलकिशोर मालपानीले दिएको बयानका आधारमा विभागले पौडेललाई पक्राउ गरेको हो । 

भियोगपत्रअनुसार श्रीराम टोबाकोको २० प्रतिशत सेयर अर्को कम्पनीले खरिद गर्ने क्रममा विष्णु पौडेलले दबाब दिएको भन्ने उनीहरूको बयान रहेको छ ।

पक्राउपछि विभागले थप अनुसन्धानका लागि म्याद माग गर्दै मंगलबार नै पौडेललाई विशेष अदालतमा उपस्थित गराएको थियो ।

null

salt training

कमेन्ट गर्नुहोस्