१५ असार २०८३, सोमबार

गुन्डुमा एमाले सचिवालय बैठक

असार ९, २०८३
काठमाडौं
गुन्डुमा एमाले सचिवालय बैठक

नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक बसेको छ ।

बैठक अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुन्डुस्थित निवासमा मंगलबार साँझ जारी छ ।

एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेको भोलिपल्ट सचिवालय बैठक बसेको हो । पौडेललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा सोमबार सुर्खेतबाट पक्राउ गरिएको थियो ।

मंगलबार दिउँसो उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको थियो । विभागले म्याद थपका लागि पौडेललाई मंगलबार नै विशेष अदालतमा पेस गरेको थियो । 

विभागले २० दिनको म्याद थप माग गरे पनि अदालतले ७ दिनको म्याद दिएको छ ।

मंगलबार नै बसेको एमाले संसदीय दलको बैठकले पौडेललाई तत्काल रिहा गर्न माग गरेको थियो ।  पौडेललाई अपमानजनक ढंगले पक्राउ गरिएको एमालेको ठहर छ । 

‘विष्णु पौडेललाई अपमानपूर्ण ढंगले पक्राउ गरियो । उहाँसँग पीएसओ छ, राज्यको निगरानीमै हुनुहुन्थ्यो, आज काठमाडौं आउँदै हुनुहुन्थ्यो। त्यो थाहा हुँदाहुँदै राज्यले दुःख दिने हिसाबले पक्राउ गरियो,’ संसदीय दलको बैठकपछि प्रमुख सचेतक ऐन महरले भनेका थिए । 

पौडेलको पक्राउ प्रतिशोधपूर्ण, गैरन्यायिक तथा कानूनी राज्य र विधिको शासनविपरीत रहेको दाबी गर्दै एमाले संसदीय दलले यसको विरोध गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्