१२ असार २०८३, शुक्रबार

एक महिनामा २१ सय ८२ फरार प्रतिवादी पक्राउ, ८ सय ७ वर्षको कैद सजाय कार्यान्वयनमा

असार ११, २०८३
काठमाडौं
एक महिनामा २१ सय ८२ फरार प्रतिवादी पक्राउ, ८ सय ७ वर्षको कैद सजाय कार्यान्वयनमा

नेपाल प्रहरीले गत जेठ महिनामा देशभरबाट विभिन्न मुद्दाका २ हजार १ सय ८२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । 

जसमध्ये केन्द्रीय अनुसन्धान ब्यूरोबाट १७ जना, काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट ३ सय २६ जना, कोशी प्रदेशबाट ३ सय ५ जना, मधेश प्रदेशबाट ५ सय ३९ जना, बागमती प्रदेशबाट ३ सय ६० जना, गण्डकी प्रदेशबाट १ सय ३२ जना, लुम्बिनी प्रदेशबाट ३ सय २० जना, कर्णाली प्रदेशबाट ६३ जना र सुदूरपश्चिम प्रदेशबाट १ सय २० जना पक्राउ परेका हुन् । 

उक्त अवधिमा पक्राउ परेका प्रतिवादीलाई तोकिएको ८ सय ७ वर्ष १ महिना १३ दिन कैद सजाय कार्यान्वयनमा आएको छ । 

साथै, उनीहरूबाट २३ करोड ४४ लाख ४३ हजार ८ सय ९१ रूपैयाँ जरिवाना असुल उपर गरिएको प्रहरीले जनाएको छ । 

फैसला कार्यान्वयन तथा फरार अभियुक्त पक्राउलाई प्रहरीले उच्च प्राथमिकतामा राखी कार्य गरिरहेको छ । 

कर्तव्य ज्यान, लागूऔषध, जबर्जस्ती करणी, बैंकिङ कसुर, ठगी लगायतका विभिन्न मुद्दामा फैसला ठहर भई फरार रहेका प्रतिवादी पक्राउ गर्ने सन्दर्भमा नेपाल प्रहरीले विशेष अभियान सञ्चालन गरिरहेको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्