
स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा सर्लाहीको रामनगर गाउँपालिका ३ बस्ने २८ वर्षीय गुड्डुकुमार यादव र रामनगर गाउँपालिका १ बस्ने २४ वर्षीय रुपेशकुमार यादव छन् ।
उनीहरूलाई सर्लाहीको मलंगवा नगरपालिका -१० झिम पुलस्थित जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको गस्ती टोलीले बिहीबार साँझ नियन्त्रणमा लिएको हो ।
म प्र ०५-००१ प ११०६ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गर्दा उनीहरू उक्त रकमसहित पक्राउ परेका हुन् ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।