०८ असार २०८३, सोमबार

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

असार ६, २०८३
काठमाडौं
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । 

नेपाल प्रहरीका अनुसार काठमाडौंकझ कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने धादिङ नीलकण्ठ नगरपालिका–८ रामकोटका बाबुराम श्रेष्ठलाई पक्राउ गरिएको हो । 

जिल्ला अदालत काठमाडौंको २०८१ फागुन ४ को फैसलाले उक्त मुद्दामा बिगोबापत दुई वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका २७ महाबौद्धबाट पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेस गरेर अदालतको अनुमतिले अनुसार कारागार चलान गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्