१२ असार २०८३, शुक्रबार
रास्वपा महाधिवेशन

रास्वपाका झन्डै एक तिहाइ प्रतिनिधिले गरेनन् मतदान

असार ११, २०८३
काठमाडौं
रास्वपाका झन्डै एक तिहाइ प्रतिनिधिले गरेनन् मतदान

चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा झन्डै एक तिहाइ प्रतिनिधि मतदानमा अनुपस्थित भएका छन् ।

कूल ४३११ प्रतिनिधिमध्ये २९५९ जनाले मात्र मतदानमा भाग लिएका छन् । बाँकी  १३५२ जना मतदानमा अनुपस्थित रहे ।

रास्वपाले ९९ केन्द्रीय सदस्यका लागि गरेको निर्वाचनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरेको थियो ।

महाधिवेशनको समय लम्बिएपछि कतिपय प्रतिनिधि घर फर्किसकेका थिए । जसले गर्दा मतदानमा सहभागीको संख्या कम भएको नेताहरूले बताएका छन् । 

रास्वपाको ९९ केन्द्रीय सदस्यका लागि ३८४ जनाले उम्मेदवारी दिएका थिए ।

अब केन्द्रीय सदस्यको मतगणना सकेर दोस्रो चरणमा पदाधिकारीका लागि निर्वाचन हुनेछ । 

रास्वपाको पदाधिकारीमा उठ्न केन्द्रीय सदस्य अनिवार्य (निर्वाचित/मनोनीत) हुनुपर्नेछ ।

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् भने अब खुला उपसभापति (दुई), महिला उपसभापति, महामन्त्री, दुई खुला सहमहामन्त्री र दुई महिला सहमहामन्त्रीका मतदान हुने नेता मनिष झाले जानकारी दिए ।

असार ९ गते सक्ने लक्ष्यका साथ ७ गते उद्‌घाटन भएको महाधिवेशन पाँचौं दिनसम्म पनि जारी छ । 

salt training

कमेन्ट गर्नुहोस्