
प्रतिनिधिसभा बैठकको मिति फेरि परिवर्तन भएको छ ।
सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले शुक्रबार सूचनामार्फत आगामी बैठक असार १४ गते आइतबार बिहान ११ बजे बस्ने जानकारी दिएका हुन् ।
यसअघि भोलि (शनिबार) बिहान ११ बजे बस्ने गरी संसद् सचिवालयले बैठक बोलाएको थियो ।
महासचिव पाण्डेयद्वारा जारी सूचनामा प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठक असार १४ गते आइतबार बिहान ११ बजे बस्ने गरी निर्धारण गरेका उल्लेख छ ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ । त्यसैको प्रभाव संसद् बैठकमा देखिएको छ ।