१८ असार २०८३, बिहीबार

मुस्ताङमा युरेनियम उत्खनन् गर्न कसैसँग कुनै सम्झौता भएको छैन– परराष्ट्रमन्त्री

असार १७, २०८३
काठमाडौं
मुस्ताङमा युरेनियम उत्खनन् गर्न कसैसँग कुनै सम्झौता भएको छैन– परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङमा युरेनियम धातु उत्खनन गर्न कसैसँग कुनै सम्झौता वा सहमति नभएको स्पष्ट गरेका छन्।

मुस्ताङमा युरेनियम रहेको प्रारम्भिक संकेत भए पनि थप अध्ययन गर्नुपर्ने उनको भनाइ छ।

बुधवार राष्ट्रिय सभामा भएको प्रश्नोत्तर कार्यक्रममा मन्त्री खनालले युरेनियम उत्खननबारे कुनै सम्झौता नभएको बताएका हुन्।

‘मुस्ताङमा युरेनियम धातु उत्खनन गर्न नेपाली सेना र अमेरिकासँग सम्झौता भएको भन्ने सार्वजनिक चर्चाको विषयमा सत्यता नभएको जानकारी गराउँछु,’ नेकपा सांसद भुवन सुनारको प्रश्नमा मन्त्री खनालले भने, ‘खानी उत्खननमा कसैसँग कुनै प्रकारको सहमति र सम्झौता भएको छैन। डिजिटल मिडियामा गरिएको आधारहीन दाबी सम्बन्धित निकायले खण्डन गरेका छन्।’

मन्त्री खनालले प्राकृतिक स्रोत–साधनसम्बन्धी संविधानको धारा २७९ अनुसार प्राकृतिक स्रोतबारे सरकार सचेत रहेको समेत बताए।

सांसदको पूरक प्रश्नमा मन्त्री खनालले प्रारम्भिक अध्ययनले खानी रहेको हुन सक्ने संकेत देखिए पनि थप अध्ययन र अन्वेषणको आवश्यकता रहेको बताए।

खानी विभागले यसबारे अध्ययन गर्ने मन्त्री खनालको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्