
फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को नकआउट चरणमा प्रजातान्त्रिक गणतन्त्र कंगोले इंग्ल्याण्डविरुद्ध सुरुआतमै अग्रता बनाएको छ।
अमेरिकाको एटलान्टामा जारी खेलको सातौँ मिनेटमा ब्रायन सिपेन्गाले उत्कृष्ट गोल गर्दै कंगोलाई १–० को अग्रता दिलाए।
खेलको सुरुआतमा इंग्ल्याण्डले बलमा नियन्त्रण कायम गर्दै दबाब बनाउने प्रयास गरे पनि कंगो तीव्र काउन्टर अट्याकमार्फत अवसर सिर्जना गर्दै गोल गर्न सफल भएको हो ।