
फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को नकआउट चरणमा पहिलो हाफ सकिँदा प्रजातान्त्रिक गणतन्त्र कंगोले इंग्ल्याण्डविरुद्ध १–० को अग्रता बनाएको छ।
एटलान्टा स्टेडियममा जारी खेलको सातौँ मिनेटमा ब्रायन सिपेन्गाले गोल गर्दै कंगोलाई अग्रता दिलाएका हुन्।
गोल खाएपछि इंग्ल्याण्डले बराबरीका लागि लगातार आक्रमण गरे पनि कंगोको रक्षापङ्क्ति र गोलकिपर लियोनल म्पासीले उत्कृष्ट प्रदर्शन गरे।