×

NMB BANK
NIC ASIA

वायु सेवा निगमका अध्यक्ष खरेल अन्तरक्रिया नगरी 'भागेको' भन्दै ओसाका निवासी नेपाली आक्रोशित

असार ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –नेपाल वायु सेवा निगमका अध्यक्ष मदन खरेल आफूहरूसँग अन्तरक्रिया नगरी ‘भागेको’ भन्दै जापानको ओसाका निवासी नेपालीहरू आक्रोशित बनेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

जापान भ्रमणमा रहेका अध्यक्ष खरेल र निर्देशक टंकनिधि दाहाल शुक्रवार ओसाका पुगेका थिए । ओसाकामा जीएस ट्राभल र जेटिभी ट्राभल एजेन्सीका प्रतिनिधिहरूसँग डिनर मिटिङ तय भएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ओसाकास्थित दिपशीखा इण्डियन नेपाली रेस्टूरेन्टमा आयोजित कार्यक्रमबारे जानकारी पाएपछि करीब ४० जना नेपाली त्यहाँ पुगेका थिए ।


Advertisment
Nabil box
Kumari

निम्तो भने जाप्निजहरूसहित केही नेपालीलाई मात्र थियो ।

Vianet communication
Laxmi Bank

जापानी समयअनुसार साँझको ६ बजे रेस्टुरेन्टमा पुगेको अध्यक्ष खरेल सहितको नेपाली टोली ८ बजे बाहिरिएको हो ।

नेपालीहरूले ओसाका उडान कहिले हुन्छ, यहाँबाट उडान नै नगर्न खोजिएको हो भन्ने जस्ता प्रश्नहरू गरेपछि खरेल नेपालीहरूसँग तर्किएका थिए ।

त्यसपछि नेपाल एयरलाइन्सका जापानस्थित कन्ट्री डाइरेक्टर सन्तोष पाण्डेले केही नेपालीलाई एक्लाएक्लै लगेर सम्झाउने कोशिश समेत गरेका थिए ।

नेपालीहरूले अध्यक्ष खरेलसहितको नेपाली टोलीसँग सामूहिक अन्तरक्रिया गर्ने प्रस्ताव राखे पनि उनीहरू त्यसलाई बेवास्ता गरेर बाहिरिए ।

‘हामी खरेल सरसँग अन्तरक्रिया नगरी जाँदैनौं भनेर यहीँ बसिरहेका छौं,’ एक सहभागीले लोकान्तरसँग भने, ‘हामीलाई नेपाल एयरलाइन्सको एक थाल भातमा किन्न खोजियो । हामीले आफ्नो कुरा राख्न पनि पाएनौं ।’

स्वीकृति पाइसकेको ओसाका उडान नगरी टोकियो सार्न खोजिएको भन्दै ओसाका निवासी नेपालीहरू आक्रोशित छन् ।

पढ्नुहोस्, यो पनि :

निम्तो मागेर वायु सेवाका अध्यक्ष र निर्देशक जापानमा, राष्ट्रिय ध्वजावाहकको इज्जत नै धरापमा !

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x