०५ साउन २०८३, मंगलबार

गायक चन्द्र शर्माको ‘सलल वग्यो गण्डकी’ (भिडियोसहीत)

कात्तिक २०, २०७४
गायक चन्द्र शर्माको ‘सलल वग्यो गण्डकी’ (भिडियोसहीत)
गुल्मी बैशाख ३ - लोक तथा दोहोरी गित प्रतिष्ठानको निवर्तमान केन्द्रिय अध्यक्ष चन्द्र शर्माको निकै मार्मिक लोक गित सार्वजनिक भएको छ । चर्चित गायक शर्माको सुमधुर आवाजले सजिएको लोक दोहोरी गीत ‘सलल बग्यो गण्डकी’ नयां वर्षको अवसर पारि बजारमा आएको छ ।

धेरै दर्सक श्रोताको मनमा गुन्जीने पुरानो एक मौलिक भाकालाई शर्माले नयाँ पिडिलाई साँगितिक तिर्सना मेटाउने खालको गित सार्बजनिक गरेका छन् ।

गीतमा गायक दुर्गा रायमाझीले शब्द र अमर विरही गुरुङले लय तथा भरेका छन् भने शर्मालाई महिला आवाजमा गायिका टिका पुनको रहेको छ । शर्माका गितहरु कमै बजारमा आए पनि दर्सक श्रोताको मनमा बिझ्ने खालका गितहरु आउने गरेका छन् ।

जिन्दगीको कुनै भर हुदैन जस्को केहि टुङ्गो नभएको प्रतिभावलाई झल्काउन खाजेको गायक शर्माको भनाई छ । एउटा मौलिकता बोकेको गित रहेकोले धेरै दर्सक श्रोताको मन जित्ने गायक शर्माले बताए ।
गायक शर्माका चरी भए आउथे उडेर, चौतारीमा वर पिपल छाया, नभन चिन्दीन, विछोड हुनेलाई, मायाको अनीकाल, चम चम चम्कने तारा, दर्जनौं गीत अहिले पनि उस्तै चर्चामा छन् । यस गीतले छोटो समयमा नै अशंख्य श्रोता तथा दर्शकहरुको मन जित्न सफल भएको छ ।

गीतको म्युजिक भिडियोमा गायक चन्द्र शर्मा, दुर्गा रायमाझी, गायिका टिका पुन, सुवास केसि, शिव हमाल, राजु ढकाल आफ्नो उत्कृष्ट अभिनय रहेको छ । गितको म्युजिक भिडियोको निर्देशन शंकर बिसीले गरेका हुन् भने छायांकन सुमन घर्ति मगर र क्यामेरा राजेश घिमिरेले रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्