२२ असार २०८३, सोमबार

'प्रमिस डे'मा गर्नुस् यी बाचा, जसले तपाईंको प्रेमसम्बन्धलाई बलियो बनाउँछ

'प्रमिस डे'मा गर्नुस् यी बाचा, जसले तपाईंको प्रेमसम्बन्धलाई बलियो बनाउँछ

भोलि अर्थात् मंगलवार भ्यालेन्टाइन डे को चौथौ दिन- प्रमिस डे । यो दिन हर प्रेम जोडीले चाहन्छन् कि पार्टनरसँगको सम्बन्ध मजबुद बनोस् । यसैबीच आज हामी तपाईंलाई प्रमिसबारे केही कुराहरू बताउन गइरहेका छौं जसले तपाईंको भ्यालेन्टाइनलाई खास बनाउन सक्छ ।

सरप्राइज दिएर प्रमिस गर्नुहोस्

राम्रोसँग सरप्राइज प्लान बनाएर पार्टनरलाई माया गरिरहने कसम खानुहोस् । उनलाई जिन्दगीभर सरप्राइज दिइराख्ने भनेर पनि बाचा गर्नुस् । यसले तपाईंको ईमान्दारिता झल्काउँछ र सम्बन्ध बलियो बन्छ ।

पार्टनरसँग मनको कुरा गर्नुहोस्

तपाईंले सम्बन्धलाई खास बनाउनका लागि पार्टनरको मनको कुरा जान्न खोज्नुपर्छ । मायाप्रेम गर्नेहरूले एकअर्काका मनको कुरा थाहा पाउनैपर्छ । यसैलाई मानेर तपाईंले प्रमिस गर्दा उत्तम ठहरिनेछ । सँधैंभरि मनको कुरा बुझ्छु भनेर पार्टनरसँग कसम खानुहोस् ।

ख्याल राख्ने बाचा गर्नुहोस्

सानो-सानो कुराहरू पनि ख्याल राख्छु भनेर पार्टनरसँग प्रमिस गर्नुहोस् । उनलाई मन पर्ने खाना बनाएर खुवाउनुहोस् । सँधैंभरि ख्याल राख्छु भनेर कसम खानुहोस् । यसले तपाईंको सम्बन्धलाई अझ माथि पुर्‍याउँछ ।

इच्छा पूरा गराउनुहोस्

पार्टनरको खुशीलाई ध्यान राख्नुहोस् । उनको हरेक इच्छा जान्नुहोस् र त्यसलाई पूरा गरेर स्पेशल महसूस गराउनुहोस् । यसैगरी हरेक इच्छा पूरा गर्छु भनेर प्रमिस गर्नुहोस् ।

साथ दिने बाचा गर्नुहोस्

पार्टनरलाई आफ्नै फील गराउन तपाईंले जुनीभर साथ दिने बाचा गर्नुहोस् । जस्तोसुकै अफ्ट्यारो परिस्थितिमा पनि साथ दिन्छु भनेर बाचा गर्दा प्रेमसम्बन्ध बलियो हुन्छ ।

घुमाउँछु भन्नुस्

केही महिलाहरू घरकै काममा व्यस्त हुने गर्छन् । यस्तो अवस्थामा पार्टनरले कतै घुमाओस् भन्ने चाहन्छन् । उनीहरूले मुखै फोरेर 'घुमाउनु न' भन्नुअगावै तपाईंले सुन्दर र रमाइला ठाउँहरू घुमाउँछु भनेर बाचा गर्नुस् । यसले सम्बन्धलाई मजबुद बनाउँछ ।

salt training

कमेन्ट गर्नुहोस्