×

NMB BANK
NIC ASIA

उपसभापति विजयकुमार गच्छदारलाई सुनियोजित रुपमा फसाइएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा लगातार ३ पटक गरेको अवरोध मंगलवार खुला गर्‍यो ।

Muktinath Bank

गत माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व उपप्रधानमन्त्री समेत रहेका गच्छदारलगायत १७५ जनामाथि विशेष अदालतमा मुद्दा दायर गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचार भएको भन्दै अख्तियारले गच्छदारसहित पूर्व मन्त्री डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी, अख्तियारकै पूर्व प्रमुख दिप बस्न्यातसँगै हालसम्मकै ठूलो संख्यामाथि ‘एक्सन’ लिएको हो ।


Advertisment
Nabil box
Kumari

मंगलवार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै सभामुखसँग समय लिएर नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले पार्टीका नेता विजयकुमार गच्छदारमाथि अख्तियारले पूर्वाग्रही भएर भ्रष्टाचार मुद्दा दायर गरेपनि आफूहरूले विगतमा एमालेले गरेको जस्तो लगातार संसद अवरुद्ध गर्ने कटु अनुभव दोहोर्‍याउन नचाहेको बताइन् ।

Vianet communication

कांग्रेसले यसअघि माघ २३, २४ र २६ गते बसेको संसद बैठक अवरुद्ध गरेको थियो । बैठक अवरुद्ध नगर्ने निर्णय मंगलवार बसेको संसदीय दलको कार्यसमिति बैठकले लिएको हो । 

कांग्रेसकी सांसद डा. डीला संग्रौला पन्तले लोकान्तरसँग कुरा गर्दै कांग्रेसप्रति ‘पूर्वाग्रही’ बनेको अख्तियारले साँधेको राजनीतिक प्रतिशोधको राजनीतिक रूपमा प्रतिवाद गर्ने तर संसद भने खोल्ने निर्णय भएको बताइन् ।

सोमवार साँझ पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले ललिता निवासको जग्गा सम्बन्धी विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रस्तुत गरेको अभियोगपत्र विरोधाभाषपूर्ण एवं दोहोरो मापदण्डयुक्त रहेको निष्कर्ष निकालेको थियो । 

तर बैठकमा संसद अवरोध गर्दा नकारात्मक सन्देश गएको भन्दै अन्य तरिकाबाट यसको प्रतिवाद गर्नुपर्ने कुरा उठ्यो । ‘केही नेताहरूले अदालतमा गइसकेको विषयलाई लिएर संसद अवरुद्ध गर्नु सही राजनीतिक कदम नभएको कुरा बैठकमा राख्नुभएको थियो,’ लोकान्तरसँग कुरा गर्दै एक केन्द्रीय समिति सदस्यले भने ।

केन्द्रीय समितिको बैठकको शुरूआतमै करीब २ घण्टा बोलेका गच्छदारले आफूमाथि राजनीतिक प्रतिशोधका कारण अख्तियारले मुद्दा हालेको प्रस्ट पार्न खोजेका थिए । उनले कांग्रेस एकताबद्ध हुन नसक्दा कमजोर बनेको र यही कमजोरीको फाइदा उठाएर कम्युनिस्टले आक्रमण गर्न खोजेको तर्क गरे ।

‘मैले छोडेर जाँदा कांग्रेस यस्तो थिएन, सशक्त थियो,’ बैठकमा मलिन अनुहार लिएर बोलेका गच्छदारले भने, ‘कम्युनिस्टहरूले कांग्रेसका नेताहरूलाई छानीछानी मुद्दा लगाएर सिध्याउन खोजेको छ । हामी एकआपसमै भिडेका छौं, त्यही देखेर हामीमाथि प्रहार भएको हो । हामी एकताबद्ध हुनुको विकल्प छैन ।’ गच्छदारले बैठकमा आफूमाथि मुद्दा लाग्न सक्ने पहिल्यै थाहा भएको बताए । 

गच्छदार बोलेपछि युवा नेता गगन थापाले गच्छदार निर्दोष रहेको विश्वास आफूलाई लागेको बताएका थिए । ‘तपाईं मेरो नेता हो, तपाईं निर्दोष हुनुहुन्छ भन्ने मलाई विश्वास छ,’ थापाले भने, ‘तर आफ्नो मन्त्रालयसँग सम्बन्धित नरहेको फाइल किन अघि बढ्यो भन्ने प्रश्नले हाम्रो विश्वासमाथि अप्ठ्यारो पारेको छ । यसको जवाफ तपाईंले दिनुपर्छ ।’

त्यसपछि भने गच्छदार बोलेनन् । सभापति शेरबहादुर देउवाले १ घण्टाको समय दिएर शुरूमै गच्छदारलाई बोल्न अनुमति दिएका थिए । २ घण्टा धाराप्रवाह बोलेका गच्छदारले आफू बोलिसकेपछि उठेका प्रश्नहरूको जवाफ भने दिएका थिएनन् । 

साँझ अबेरसम्म बसेको केन्द्रीय समितिको बैठकले यस्तो गच्छदारका सन्दर्भमा यस्तो निर्णय गर्‍यो –

‘ललिता निवासको जग्गा सम्बन्धी विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रस्तुत गरेको अभियोग पत्र आफैंमा विरोधाभाषपूर्ण एवं दोहोरो मापदण्डयुक्त छ । यसले के प्रस्ट गर्दछ भने आयोगले नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारमाथि नेपाल सरकारको प्रभाव र दबाबमा मुद्दा दायर गरेको छ । यो कार्य राजनैतिक पूर्वाग्रह र बदनियतले प्रेरित रहेको ठहर गर्दै बैठक घोर भत्र्सना र खेद व्यक्त गर्दछ तथा यस्तो प्रतिशोधपूर्ण व्यवहारको राजनीतिक रुपले प्रतिवाद गर्ने निर्णय गर्दछ । नेता विजयकुमार गच्छदार कानूनी रुपमा सामना गर्दै निर्दोष सावित हुनुहुनेछ भन्ने नेपाली कांग्रेसको विश्वास छ ।’

गच्छदारलाई गत असारमा अख्तियारले बयानका लागि बोलाएको थियो । गच्छदार त्यतिबेला नेपालमा थिएनन् । उपचारका लागि भारत गएका गच्छदार त्यतैबाट अमेरिका उडेका थिए ।

अमेरिकाबाट नेपाल नआएर भारतकै चेन्नईतिर लागेका उनलाई अख्तियार र केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई)को बयान छल्न देशबाहिर डुलिरहेको आरोप लागेको थियो । 

गत साउन ५ गते उनी नेपाल फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफू जग्गा प्रकरणमा संलग्न नभएको दाबी गरेका थिए । त्यसपछि अख्तियारले उनीसँग बयान लिएको थियो । 

पढ्नुहोस् यो पनि - अख्तियारको जालोमा हालसम्मकै ठूलो माछा, गच्छदारविरुद्ध साढे ९ करोडको भ्रष्टाचार मुद्दा​

कानूनी लडाइँमा एक्ला गच्छदार !

गच्छदारको पक्षमा लड्न कांग्रेसले सदन र सडक उपयोग गर्ने नीति लिएको थियो । संविधानको धारा १०५ मा अदालतमा विचाराधीन रहेको विषयमा संसदमा छलफल हुन नसक्ने उल्लेख छ । मंगलवार संसदीय दलकी सचेतक पुष्पा भुसालले संविधानको धाराको कांग्रेसले पालना गर्ने बताइन् । 

सडकमा पनि कांग्रेसको उपस्थिति न्यून देखिएको छ । माघ २३ गते कांग्रेसका शीर्ष नेताहरूले नेपाल विद्यार्थी संघ र तरुण दलका पदाधिकारीलाई केन्द्रीय कार्यालयमा बोलाएर आन्दोलन चर्काउनेबारे छलफल गरेका थिए । 

गत शुक्रवार राजधानीमा कांग्रेसका भातृ संगठनले सानोतिनो प्रदर्शन पनि गरे तर सामाजिक सञ्जालका कतिपय प्रयोगकर्ताले कांग्रेसलाई भ्रष्टाचारीको पक्षमा प्रदर्शन गरेको आरोप लगाएका छन् ।

अब कांग्रेससँग कानूनी उपचारबाहेक अरू केही बचेको छैन । सोमवारको केन्द्रीय समिति बैठकको निर्णयमा भनिएको छ, ‘नेता विजयकुमार गच्छदार कानूनी रुपमा सामना गर्दै निर्दोष सावित हुनुहुनेछ भन्ने नेपाली कांग्रेसको विश्वास छ ।’

लामो समयसम्म सत्तामा रहेर मालदार मन्त्रालय सम्हालेका गच्छदारको राजनीतिक भविष्य दाउमा छ । यसको संकेत उनले केन्द्रीय समितिकै बैठकमा गरिसकेका छन् । उनले आफूमाथि मुद्दा चल्ने थाहा पाएपछि राष्ट्रपति, प्रधानमन्त्रीदेखि लिएर धेरै शक्तिकेन्द्रसँग हारगुहार गरेको तर कुनै जोड नचलेको बैठकमै बताए ।

पढ्नुहोस् यो पनि - बालुवाटार जग्गा प्रकरणमा के अख्तियार चुकेकै हो ? यसो भन्छन् सूर्यनाथ उपाध्याय

बैठकमा उनले कांग्रेस एकजुट नभएको हुँदा कम्युनिस्टले सिध्याउने प्रयास गरिरहेको दाबी गरे । गच्छदारले आफूनिकट नेताहरूसँग कांग्रेसभित्रबाटै आफूलाई सहयोग नभएको गुनासो गर्न थालेका छन् ।

पार्टीले एकढिक्का भएर सरकार र अख्तियारको विरुद्धमा लाग्ने हो भने राजनीतिक प्रभावका आधारमा आफू राजनीतिक रूपमा थप क्षयीकृत हुनु नपर्ने उनको बुझाइ छ ।

अख्तियारका एक पूर्व प्रमुख आयुक्तले गच्छदारबारे रोचक टिप्पणी गरे । ‘गच्छदारका विरुद्धमा अख्तियारमा प्रसस्त भ्रष्टाचारका उजुरीहरू पर्थे । हामी छानबिनका लागि टीम खटाउने गर्थ्यौं तर उनीविरुद्ध परेका उजुरीहरू कहिल्यै पुष्टि हुन सकेका थिएनन् । उनका नातागोतासम्म पुग्थ्यौं, चिनजानका व्यक्तिहरूसँग पुग्थ्यौं तर सधैं खाली हात फर्कनुपर्थ्यो ।’

ती पूर्व प्रमुख आयुक्तका शब्दमा गच्छदार एक ‘चतुर’ राजनीतिक खेलाडी हुन् । गच्छदारले आफ्नो चरित्रमा दाग लाग्न नदिन यसअघि पनि धेरै शक्तिकेन्द्रहरू धाउने गरेको उनले बताए । लामो सत्तायात्राका क्रममा गच्छदारमाथि भ्रष्टाचारको आरोप लगाउने प्रयासहरू नभएका होइनन् । जेपी गुप्ता, चिरञ्जीवी वाग्ले, खुमबहादुर खड्का लगायत गच्छदारका सहकर्मीहरूले मुद्दा खेपे तर उनले आजसम्म त्यस्तो मुद्दा खेप्नुपरेको थिएन ।

अख्तियारको मागदाबी अनुसार यदि अदालतको फैसला आयो भने उनले राजनीतिक रूपमा ठूलो धक्का बेहोर्नुपर्नेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x