२२ असार २०८३, सोमबार
फिफा विश्वकप–२०२६

खेल अर्जेन्टिनाले जित्यो, नायक बन्यो केप भर्डे !

असार २०, २०८३
काठमाडौं
खेल अर्जेन्टिनाले जित्यो, नायक बन्यो केप भर्डे !

फुटबल इतिहासमा यस्ता खेलहरू विरलै हुन्छन्, जसले हार र जितको गणितभन्दा माथि उठेर मानिसको मन जित्छ। विश्वकपमा अर्जेन्टिना र केप भर्डेबीचको भिडन्त ठीक त्यस्तै रह्यो । मैदानमा एउटा महासंग्राम चल्यो, जसले दर्शकलाई सिटबाट उठ्न दिएन । भावना, आवेग र रोमाञ्चकताले भरिएको यो खेलमा फुटबलको वास्तविक सुन्दरता देखियो।

यो विश्वकपमा पहिलो पटक डेब्यु गरेको अफ्रिकी राष्ट्र केप भर्डे केवल बलियो 'टिम स्प्रिट'का साथ मात्र मैदानमा उत्रिएको थिएन ।

उसले देखाएको निडर र उच्च स्तरको फुटबलले विश्वभरका समर्थकहरूलाई मन्त्रमुग्ध बनायो । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई खेलको अन्तिम बिन्दुसम्म धकेल्दै केप भर्डेले देखायो कि नाम र इतिहास जतिसुकै ठूलो भए पनि हिम्मत हार्नु हुँदैन ।

null

निश्चित रूपमा, खेल केप भर्डेको पक्षमा रहेन । अर्जेन्टिनाले यो महाभिडन्त जित्दै अघिल्लो चरणको यात्रा तय गर्‍यो र केप भर्डेको विश्वकपको अविश्वसनीय यात्रामा पूर्णविराम लाग्यो।

तर, फाइनल ह्विसल बज्दा एउटा अनौठो महसुस भइरहेको थियो— केप भर्डेले खेल त हार्‍यो, तर उसले सबैको मन जित्यो । मैदानमा उनीहरूले जसरी बहादुरी र ठूलो लक्ष्यका साथ लडे, त्यसले हारलाई पनि जित जत्तिकै गौरवशाली बनाइदियो। खेल अर्जेन्टिनाले जित्यो, तर नायक केप भर्डे बन्यो।

salt training

कमेन्ट गर्नुहोस्