१२ साउन २०८३, मंगलबार

यसकारण श्रद्धाको निद्रा उड्न थाल्यो

कात्तिक २०, २०७४
यसकारण श्रद्धाको निद्रा उड्न थाल्यो

मुम्बई – बलिउड अभिनेत्री श्रद्धा कपूरको रातको निद्रा नै उड्न थालेको छ । उनलाई आजभोलि चैन मिलिरहेको छैन । उनी आफू नर्भस भएकी छिन् र प्रेशरमा पनि छिन् ।

उनको आँखाको निद्रा नै उड्नुको कारण चाहिँ रिलिज हुन तयारी अवस्थामा रहेको चलचित्र ‘हाफ गर्लफ्रेन्ड’ को मुख्य भूमिका ।

श्रद्धाले आफूले पहिलोपटक कुनै फिल्मको टाइटल रोल निभाएको बताएकी छिन् । पहिलोपटक आफूले कुनै किताबको पात्रको भूमिका निर्वाह गरेकी छिन् । ‘हाफ गर्लफ्रेन्ड' ले गर्दा मैले एकदमै प्रेशरको महसुस गरेकी छु’, उनले एक अन्र्तवार्तामा भनेकी छिन् ।

श्रद्धाले यो फिल्मको टाइटल आफूलाई खुबै मन परेको पनि बताएकी छिन् । चलचित्रमा अर्जुन कपुर र श्रद्धा कपुरको केमेष्ट्रि छ । श्रद्धाले हाफ अर्थात आधा गर्लफ्रेन्डको भूमिका निभाएकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्