×

NMB BANK
NIC ASIA

साहित्यकारलाई राष्ट्रपतिको आग्रह : ‘असल साहित्य सिर्जना गर्नुस्’

फागुन १४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रपति विद्यादेवी भण्डारीले असल साहित्य सिर्जना गर्न साहित्यकारहरूलाई आग्रह गरेकी छन् ।

Muktinath Bank

सुदूरपश्चिम साहित्य समाजको आयोजनामा बुधवारदेखि धनगढीमा शुरू भएको साताव्यापी विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सो आग्रह गरेकी हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भनिन्, ‘साहित्यले समाजका विकृति विसंगतिलाई औल्याउँदै सदाचार र नैतिकतालाई प्रवद्र्धन गर्ने भएकाले असल साहित्य सिर्जनाको लागि साहित्यकारहरू क्रियाशील रहनुपर्दछ ।’


Advertisment
Nabil box
Kumari

राष्ट्रपति भण्डारीले भाषा र साहित्यलाई मानव जातिलाई जोड्ने साँघुको रुपमा रहेको पनि औंल्याएकी छन् । ‘साहित्यले विभिन्न सम्प्रदाय र समूहलाई एकतामा बाँध्न सहयोग पुर्‍याउँछ,’ उनले भनिन्, ‘अन्तर्राष्ट्रिय रुपमा राष्ट्र–राष्ट्रबीच र मानव जातिलाई जोड्न एउटा साँघुको काम गर्दछ ।’

Vianet communication
Laxmi Bank

आयोजकको प्रशंसा गर्दै राष्ट्रपति भण्डारीले शुरू भएको महोत्सवको माध्यमबाट विश्वभर छरिएर रहेका नेपाली भाषीबीच भाषिक तथा भावनात्मक एकता प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन् । उनले विश्व मानचित्रमा नेपाल र नेपालीको विशिष्ट पहिचान स्थापित गर्नमा मद्दत पुर्‍याउने दाबी गरिन् ।

शिक्षण संस्था, प्राज्ञिक केन्द्र र विश्वविद्यालयले साहित्य र भाषालाई प्रवद्र्धन गर्न मद्दत गर्ने भएकाले सम्पूर्ण शैक्षिक केन्द्रलाई सुदृढ गर्नतर्फ राज्यको ध्यान जानुपर्ने उनले बताइन् ।

सुदूरपश्चिम प्रदेश कला, संस्कृति र साहित्यको लागि उर्वर भूमि रहेको बताउँदै भाषा, साहित्य संरक्षणमा राज्यले सहयोग पुर्‍याउनुपर्नेमा जोड दिइन् । 

उद्घाटन सत्रलाई पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, शताब्दी पुरुष सत्यमोहन जोशी, प्रतिनिधिसभा सदस्य नारदमुनि राना, पूर्व मन्त्री एनपी साउँदले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

फागुन २० गतेसम्म चल्ने महोत्सवमा प्रत्येक दिन भाषा, साहित्य, राजनीति, समसामयिक सवालमा विभिन्न व्यक्ति, राजनीतिज्ञ, विषयविज्ञबीच समूह छलफल हुने आयोजक समाजका अध्यक्ष रामलाल जोशीले जानकारी दिए ।

साहित्यसँगै खाना महोत्सव

यसैबीच, सुदूरपश्चिम खाना महोत्सव पनि शुरू भएको छ । होटल व्यवसायी संघ कैलालीले साहित्य महोत्सवसँगै खाना महोत्सवको आयोजना गरेको छ ।

आयोजक संघका अध्यक्ष कलम बमले खाना महोत्सवमा ९ वटै जिल्लामा उत्पादन हुने मकै, कोदो, बेथे, फापर, जौंका परिकार र प्रदेशमा रहेका विभिन्न जातजातिका खानाहरू महोत्सवका मुख्य आकर्षणको रुपमा रहेका बताए ।

उनले स्थानीय उत्पादनलाई प्रयोग गरी स्थानीय उत्पादनलाई व्यावसायिक बनाउने र स्थानीय जनताको आयआर्जन बढाउनका लागि महोत्सव आयोजना गरिएको जानकारी दिए ।

महोत्सवमा २८ वटा खानाका र ९ वटा अन्य वस्तुको स्टल छन् । महोत्सव स्टल प्रवेश निःशुल्क गरिएको र स्टल समेत निःशुल्क गरिएको संघका महासचिव केशवदत्त पाण्डेयले बताए ।

‘मौलिक परम्परा, संस्कृति र प्रकृति सुदूरपश्चिमको गहना, पर्यटन प्रवद्र्धन गरी आर्थिक समृद्धि ल्याउने हाम्रो चाहना’ नाराका साथ आयोजना भएको खाना महोत्सवमा साढे ७ सय लिटरको भाँडोमा फाँडो पकाउन थालिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x