
सामग्री
पास्ता २०० ग्राम (उमालेर राख्ने)
तेल दुई चम्चा
नून एक चम्चा
मिक्स ह्रब्स एक चम्चा
ज्वानोको धूलो एक चम्चा
सेतो सस बनाउन आवश्यक सामग्री
तेल दुई चम्चा
बटर दुई चम्चा
लसुन मसिनो गरी काटेर अलिकति
मैदा दुई चम्चा
दूध साढे दुई कप
मरिचको धूलो एक चम्चा
नून एक चम्चा
हरियो भेडेखुर्सानी आधा
रातो भेडेखुर्सानी आधा
चीज आधा कप
बनाउने विधि
सबभन्दा पहिले एउटा कराहीमा दुई चम्चा तेल हालेर आगोमा राख्नुस् ।
त्यसमा मिक्स हर्ब्स, ज्वानोको धूलो, रातो भेडेखुर्सानी, हरियो भेडेखुर्सानी र नून हालेर पकाउनुस् ।
अनि त्यसमा उमालेको पास्ता राखेर राम्ररी घालमेल गर्नुस् ।
सबै कुरा मज्जाले पाकेपछि आगो निभाउनुस् ।
अब ह्वाइट सस बनाउनका लागि अर्को कराही आगोमा राख्नुस् र त्यसमा दुई चम्चा तेल र बटर हाल्नुस् ।
त्यसमा लसुन राखेर भुट्नुस् अनि मैदा र दूध हालेर गाढा हुन्जेल पकाउनुस् ।
सस गाढा भएपछि त्यसमा नून, ज्वानोको धूलो, मिक्स हर्ब्स र मरिच राखेर राम्ररी मिसाउनुस् ।
त्यस ससमा चीज र पास्ता राखेर राम्ररी घोल्नुस् ।