×

NMB BANK
NIC ASIA

कोरोनाविरुद्ध सतर्कता

अत्यावश्यक काम भएका बाहेकलाई तत्काल गाउँ फर्किन आह्वान गर सरकार !

चैत ६, २०७६

NTC
Sarbottam
कोरोना भाइरसको त्रासपछि बिहीवार कलंकीबाट घर फर्किँदै गरेका किशोरीहरू । तस्वीर : राेजन श्रेष्ठ/लोकान्तर
Premier Steels
Marvel

बेलाबखत राजनीतिक विसंगतिको समेत चिरफार गर्ने नेपालका एक प्रतिष्ठित डाक्टर सुन्दरमणि दीक्षितले मंगलवार दिएको अभिव्यक्तिपछि नेपालमा कोरोनाबारेको चिन्ता बढेको छ ।

Muktinath Bank

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको समेत उपचार गरेका डा. दीक्षितको भनाइले सबैलाई झस्काइदिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डा. दीक्षितले दाबी गरेका छन्– मैले नै उपचार गरेका ३ जनालाई कोरोना संक्रमणको आशंका छ, मैले उनीहरूलाई स्वास्थ्य परीक्षणका लागि टेकु अस्पताल पठाएँ पनि, तर उनीहरूको परीक्षण गरिएन, अरू सर्वसाधारणको त के कुरा !


Advertisment
Nabil box
Kumari

सत्यकुरा लुकाएर सरकारले जनतालाई धोका दिएको आरोप उनको छ ।

Vianet communication
Laxmi Bank

डा. दीक्षितको भनाइलाई विश्वास गर्ने हो भने नेपालमा कोरोना भाइरस भित्रिसकेको छ, मात्र डिटेक्ट (संक्रमितको परीक्षण) नभएको हो ।

‘नेपालमा कोरोना डिटेक्ट मात्र नभएको हो, संक्रमण भित्रिसकेको छ,’ भन्ने खालका अफवाह यसअघि पनि नफैलिएका होइनन्, तर कुनै चिकित्सकले किटेरै मेरो बिरामीमा कोरोनाको लक्षण देखें भनेका थिएनन् ।

यद्यपि उनको दाबीको औपचारिक पुष्टि भने भएको छैन ।

सरकारी संयन्त्रले र विश्व स्वास्थ्य संगठनले नेपालमा हालसम्म एक जनामा मात्र कोरोना संक्रमण भेटिएको र ती व्यक्ति पनि निको भइसकेको बताइरहेका छन् । 

स्वास्थ्य मन्त्रालयको बुधवार साँझसम्मको आधिकारिक तथ्यांकअनुसार ५१२ जना शंकास्पद्को परीक्षण हुँदा ५ सय ११ जनामा संक्रमण नरहेको पाइएको छ ।

कोरोनाको उद्गम स्थल मानिएको चीन र कोरोनाको संक्रमण फैलिन शुरू गरेको भारतको बीचमा रहेर पनि नेपालमा कोरोनाको संक्रमण नफैलिनु हाम्रा लागि सुखद् तर अनौठो विषय हो ।

अहिलेसम्म भेटिएको छैन भनी ढुक्क भएर बस्ने अवस्था होइन ।

विश्व स्वास्थ्य संगठनले समेत नेपालसहित दक्षिण पूर्वी एसियाका ११ देश कोरोनाको अबको केन्द्रबिन्दु हुनसक्ने चेतावनी दिइसकेको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले बुधवार केही महत्त्वपूर्ण निर्णय गरेको छ ।

सबै युरोपेली मुलुकसहित संक्रमण फैलिएका देशबाट नेपाल आउन प्रतिबन्ध, विश्वविद्यालयको पठनपाठन बन्द, सिनेमा हल बन्द, सार्वजनिक यातायातमा सीट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने लगायतका १८ बुँदे निर्णय समितिले गरेको छ । पहिलो चरणमा १५ बुँदे निर्णय सार्वजनिक भएकोमा त्यसपछि पूरक बैठक बसेर एसईई परीक्षा स्थगित गर्ने सहितका १८ निर्णय बुधवार नै सार्वजनिक भएको छ ।

ढिलै भएपनि सरकारले गरेको यो महत्त्वपूर्ण निर्णय हो ।

कोरोनाको संक्रमण फैलिन नदिन सरकारले थप केही पहलकदमी लिन आवश्यक छ । जस्तो कि कोरोना संक्रमण भित्रिहालेको खण्डमा पनि धेरै व्यक्तिमा नफैलियोस् भन्नका लागि बढी जनघनत्व भएका शहरी क्षेत्र (विशेषगरी राजधानी) बाट सर्वसाधारणलाई सकेसम्म सुरक्षित स्थान (आ–आफ्नो गाउँ) फर्किन आह्वान गर्ने ।

ठूला विश्वविद्यालय, अस्पताल र विमानस्थल लगायतका सुविधा र अवसर राजधानीमै भएका कारण सर्वसाधारण रोजगारीदेखि विभिन्न अवसर खोज्दै काठमाडौंमा थुप्रिएका छन् ।

बढ्दो जनघनत्वका कारण राजधानी काठमाडौं साँघुरो भइसकेको छ ।

पूर्वाधार, अस्पताल, खानेपानी र बढ्दो प्रदूषणले यसैपनि राजधानी शहर बस्न नहुने अवस्थामा पुगिसकेको छ, त्यसमाथि कोरोना जस्ता सरुवा रोगको महामारी फैलियो भने त्यसको फिलिङ्गो डँडेलो जस्तै फैलिने खतरा छ । 

सार्वजनिक यातायात र साँघुरा गल्ली सहितको बजारमा व्यक्ति–व्यक्तिको संसर्गबाट सरुवा रोग छिटो फैलिने खतरा टड्कारो छ । 

विद्यालय तहको परीक्षा सम्पन्न भइसकेको, विश्वविद्यालयको पठनपाठन चैत्र मसान्तसम्मका लागि रोक्ने निर्णय भइसकेको सन्दर्भमा अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी बाहेकलाई तत्कालै घर फर्किन सरकारले नै प्रोत्साहन गर्नु उपयुक्त हुन्छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले समेत कुनैपनि बेला लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने बताइसकेका छन् ।

यस्तो अवस्थामा जरुरी काम नभएका व्यक्तिहरू तत्कालका लागि राजधानीबाहिर जाँदा कोरोनाको संक्रमण फैलिहाल्यो भनेपनि व्यवस्थापनमा सहज हुनेछ ।

कोरोना फैलिएपछि भागाभाग गर्नुभन्दा अहिलेदेखि नै बालबच्चालाई लिएर गाउँ फर्किदा राजधानी होलो हुन्छ, संक्रमण भयावह हुने जोखिम कम पनि ।

नेपालका अधिकांश ग्रामीण क्षेत्रमा पातलो बस्ती भएका कारण शहरको तुलनामा गाउँमा संक्रमण फैलिने जोखिम न्यून हुन्छ । 

अहिले नै गाउँफर्किंदा सुरक्षित भइन्छ भने यहाँ संक्रमण देखिएपछि फर्किंदा तिनै व्यक्तिसँगै संक्रमण पनि गाउँ–गाउँ पुग्ने खतरा रहन्छ, त्यसैले यसमा ढिला गर्न नहुने भइसकेको छ ।

हाल कोरोनाको इपीसेन्टर बनेको इटालीका एक नागरिकको अनुभव भनेर सामाजिक सञ्जालमा भाइरल एउटा सन्देशमा स्पष्ट भनिएको छ– संक्रमण देखिन शुरू भएपछि मानिसहरूको एक ठाउँबाट अर्को ठाउँमा आवतजावत तीव्र हुँदा कसरी सिंगो देश प्रभावित भयो भन्ने कुरा ।

यसबाट हामीले सिक्नुपर्ने कुरा के हो भने संक्रमण आयो भने विचार गरौंला भनेर कुरेर नबसौं, त्यतिबेला अवस्था सोचेभन्दा अप्रिय हुनसक्छ ।

छोराछोरी पढाउनका लागि मात्र काठमाडौं बसेका अभिभावक र तिनका बालबालिका, उच्च शिक्षा अध्ययनका लागि काठमाडौं बसेका विद्यार्थी लगायतलाई तत्काल घर फर्किन प्रोत्साहन गर्नु अति आवश्यक भइसकेको छ, त्यसैपनि परीक्षा समेत स्थगित भएको अवस्थामा शिक्षण संस्थाहरू बन्द भएका छन् ।

कोरोना भित्रिन नदिन सरकारले हरतरह प्रयास गरिरहेको छ, आशा गरौं नेपालमा संक्रमण फैलिने छैन । कथमकदाचित संक्रमण फैलिएको अवस्थामा पनि राजधानीमा न्यून जनघनत्व कम हुँदा त्यसलाई नियन्त्रण गर्न निकै सहज हुनेछ ।

अत्यावश्यकीय सेवामा संलग्न र जरुरी काम भएका बाहेकलाई अहिले नै सुरक्षित स्थानमा जान प्रोत्साहन गर्नु सबैभन्दा बुद्धिमानी हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x