
लोक तथा दोहोरी गायक नरेश खाती र गायिका एलिना चौहानको आवाजमा ‘कोरोना भाइरस’ बोलको गीत सार्वजनिक भएको छ ।
पत्रकार गोमा परियारको शब्द तथा गायक खाती स्वयंको संगीत रहेको कोरोना भाइरस गीत जनचेतनामूलक गीत हो ।
चीनको वुहानबाट शुरू भएको कोरोना भाइरसले अहिले विश्वभर महामारीको रुप लिएको छ । हालसम्म १८८ मुलुकमा देखा परिसकेको कोरोना भाइरसले यतिबेला विश्व नै त्रसित छ ।
विश्वभर १३ हजार बढीको ज्यान लिइसकेको कोरोनाको संक्रमणबाट कसरी जोगिने र संक्रमण भइहाले कसरी उपचार गर्ने, सावधानी के–कस्ता अपनाउने भन्ने कुराको जानकारी दिन गीत तयार पारिएको जनाइएको छ ।
गीतमा दिपा श्री निरौला, ऋषि धमला, कोमल ओली, बद्री पंगेनी, रमेश विजी, पशुपति शर्मा, उमेश राई फुलन्देकी आमा, राजेन्द्र नेपाली ‘लट्टे’ र ईश्वरी खातीको अभिनय रहेको छ ।
गोरक्ष म्युजिक प्रालिको प्रस्तुतिमा सार्वजनिक गरिएको गीतलाई मेक्समनरेश अफिसियल यूट्युबमार्फत सार्वजनिक गरिएको छ ।