२० असार २०८३, शनिबार

बुटवलमा मृत्यु भएका थापाको स्वाब दोहोर्‍याएर परीक्षण गर्दा पनि रिपोर्ट नेगेटिभ

चैत १७, २०७६
बुटवलमा मृत्यु भएका थापाको स्वाब दोहोर्‍याएर परीक्षण गर्दा पनि रिपोर्ट नेगेटिभ

रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा मृत्यु भएका सैनामैना नगरपालिका– ४ का बाबुराम थापाको रिपोर्ट कोरोना नेगेटिभ आएको छ ।

दोहोर्‍याएर परीक्षण गर्दा पनि उनमा कोरोना संक्रमण नपाइएको कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले लोकान्तरलाई जानकारी दिए ।

थापाको आइतवार बिहान उपचारका क्रममा बुटवलमा मृत्यु भएको थियो । उनको स्वाब आइतवार नै काठमाडौं पठाइएको थियो ।

कोरोनाकै कारण मृत्यु भएको हुनसक्ने आशंकामा उनको गाउँसहित बुटवलका बासिन्दाहरू पनि त्रसित बनेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्