कोरोनाभाइरसको संक्रमण रोक्नका लागि लगाइएको लकडाउनमा चिनियाँ याप टिकटक खुबै डाउनलोड गरिएको छ ।
भारतमा लकडाउनका बेलामा टिकटकको लोकप्रियता झनै बढेको देखिएको हो । याप विश्लेषण कम्पनी याप एन्नीले चिनियाँ कम्पनी बाइटडान्सको टिकटक याप लकडाउनमा थप लोकप्रिय बनेको जानकारी दियो ।
यो याप सामान्य अवधिमा भन्दा २० प्रतिशत बढी डाउनलोड भइरहेको र नयाँ डाउनलोड मात्र लगभग पाँच करोड भएको याप एन्नीको रिपोर्टले देखाउँछ ।
टिकटक बाहेक लकडाउनमा भिडियो कन्फरेन्सिङ याप जूम पनि निकै लोकप्रिय बनेको छ ।