
सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा महालेखापरीक्षकको कार्यालयले सहयोगस्वरुप २४ लाख ३४ हजार ६८६ उपलब्ध गराएको छ।
कोषमा महालेखापरीक्षक टङ्कमणि शर्माले आधा महिनाको तलब र अन्य कर्मचारीले सचिवस्तरीय बैठकको निर्णयअनुसार मासिक तलबबाट कट्टा गरी रकम जम्मा गरिएको उक्त कार्यालयले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।
यसैबीच उक्त कोषमा नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशनका तर्फबाट दुई लाख उपलब्ध गराएको अध्यक्ष सीताराम दाहालले जानकारी दिए।