११ साउन २०८३, सोमबार

भोलिदेखि विराटनगरबाट पनि स्वाब परीक्षण

चैत २७, २०७६
भोलिदेखि विराटनगरबाट पनि स्वाब परीक्षण

शुक्रबारदेखि कोरोना भाइरसको थ्रोट स्वाब नमूना परीक्षण  विराटनगरबाट पनि शुरु गरिने भएको छ। 

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बिहीबार काठमाडौबाट ल्याएको आवश्यक किट्स र उपकरण बुझ्दै  कोशी अस्पताल विराटनगरले शंकास्पद व्यक्तिको नमूना परीक्षण शुरु गर्ने जानकारी दिए। सो अस्पतालमा अब दैनिक करिव ९६ जनाको नमूना सङ्कलन गर्न सक्ने क्षमता भएको छ।

 वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुनसरी धरानमा  दैनिक  २० जनाको मात्रै स्वाब परीक्षण  गर्ने क्षमता भएकोमा अब विराटनगरमा पनि यो सुविधा उपलब्ध भएको छ।

परीक्षण आरम्भका लागि काठमाडौँस्थित वीर अस्पतालका जेनेटिक साइन्टिस्ट वलराम गौतम पनि यहाँ आएका छन्। शुक्रबारदेखि प्रदेशका  क्वारेन्टाइनबाट -यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) विधिबाट पनि कोरोना भाइरसको शङकास्पद विरामीको रगतको नमूना परीक्षण शुरु गरिने भएको छ 

salt training

कमेन्ट गर्नुहोस्