०७ साउन २०८३, बिहीबार

३३ जनाको चिकित्सकको टोली धनगढी, भोलिदेखि नै खटाइने

बैशाख ५, २०७७
३३ जनाको चिकित्सकको टोली धनगढी, भोलिदेखि नै खटाइने

कोरोना भाइरस (कोभिड १९)को उच्च जोखिममा रहेको सुदूरपश्चिममा संघीय सरकारले ३३ जना चिकित्सकको टोली पठाएको छ ।

संक्रमितको संख्या बढ्दै गएपछि सरकारले पठाएको ३३ जना चिकित्सकको टोली बिहीवार धनगढी पुगेको हो । सीमित चिकित्सक र स्रोत साधनका कारण सुदूरपश्चिममा कोरोना संक्रमितहरुको उपचारमा कठिनाई भइरकोले संघीय सरकारले ३३ जना चिकित्सकहरुलाई कोरोना संक्रमितहरुको उपचारका लागि पठाएको हो ।

संघीय स्वास्थ्य मन्त्रालयले उनीहरुलाई धनगढी पठाएसँगै सामाजिक विकास मन्त्रालयले आवश्यकताको आधारमा भोलिदेखि नै जिल्ला–जिल्लामा खटाउने तयारी भइरहेको जनाएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले सेती प्रादेशिक अस्पताललगायत आवश्यक परे अन्य अस्पतालहरुमा समेत उनीहरुलाई खटाइने बताए । सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म कोरोना सङ्क्रमितको संख्या ५ पुगिसकेको छ ।

कमेन्ट गर्नुहोस्