
कसैलाई पानी पियाउनु हेर्दा जति सामान्य हो, धर्म पनि उत्तिकै हो ।
देश लकडाउनका बेला प्रहरी चर्को घामका बीच सडकमै ड्यूटीमा छन् । पानी खान मन लाग्ला, तर बजार पसल बन्द छन् ।
यसै विषयलाई मध्यनजर राखी नेपाल विद्यार्थी संघ (नेविसंघ), कास्कीले प्रहरीका लागि शुद्ध पिउनेपानी उपलब्ध गराएको छ ।
नेविसंघले ५१औं स्थापना दिवस अवसरमा कास्की जिल्लाअन्तर्गत जिल्ला प्रहरी कार्यालय, सम्पूर्ण इलाका प्रहरी कार्यालय, प्रहरी पोष्ट, जिल्ला ट्राफिक कार्यालयमा गरी करीब २ सय कार्टून शुद्ध पिउनेपानी उपलब्ध गराएको हो ।

नेविसंघका केन्द्रीय नेता एवं नेपाली कांग्रेस कास्की १ (ख) का सचिव सरोज केसीका अनुसार सो कार्यमा नेविसंघका किरण बराल र जनप्रिय क्याम्पसका स्ववियु सभापति आशिक गुरुङ लगायतको विशेष सहयोग थियो ।
कार्यक्रममा गोपाल गुरुङ, विकास थापा, टेनिस श्रेष्ठ, निरोज लामिछाने, डिफान भुजेल, विजय घिमिरे, विपिन पौडेल, निराकार सिग्देल, संघर्ष कोइराला, फिरोज सुवेदी लगायतको उपस्थितिमा प्रहरी कार्यालयमा पानी वितरण गरिएको थियो ।
तत्कालीन समयमा राजा महेन्द्रको एकदलीय पञ्चायती व्यवस्थाविरुद्ध लड्न नेपाली कांग्रेसले विद्यार्थी वर्गलाई संगठित रूपमा अगाडि बढाउन २०२७ वैशाख ६ मा जेलमै नेविसंघ स्थापना गरेको थियो ।