१२ साउन २०८३, मंगलबार

कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भए कैलालीका २१ वर्षीय युवक

कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भए  कैलालीका २१ वर्षीय युवक

धनगढीस्थित सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कोरोना संक्रमित २१ वर्षीय राज विक उपचारपछि आइतबार घर फर्किएका छन्। 

 दोस्रो र तेस्रोपटक गरिएको कोरोना नमूनाको परीक्षणबाट नतिजा ‘नेगेटिभ’ आएपछि लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका  विकलाई आइतबार डिस्चार्ज गरिएको सेती अस्पतालका प्रवक्ता डा जगदीश जोशीले जानकारी दिए।
उनमा २२ चैतमा कोरोना संक्रमणको पुष्टि भएको थियो।

विक १२ वर्षको उमेरदेखि नै भारतमा काम गर्दै आएका छन्। उनी पछिल्लो पटक मुम्बईको एक होटलमा काम गर्दै आएका थिए। तर, लकडाउनका कारण होटल तत्कालका लागि बन्द भएपछि ८ चैतमा स्वदेश फर्केकोमा जाँच गराउँदा कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना भएका थिए।

salt training

कमेन्ट गर्नुहोस्