२८ असार २०८३, आइतबार

अब कपिलले सुनिललाई नफकाउने, उनी नहुँदा नै फाइदा

कात्तिक २०, २०७४
अब कपिलले सुनिललाई नफकाउने, उनी नहुँदा नै फाइदा

काठमाडौं— कपिल शर्मालाई सुनिल ग्रोवरले छोडेर गएपछि उनलाई फकाउन भरमग्दूर कोशिश गरिएको भएपनि सुनिलले टेर्दै टेरेनन् । अब दिक्क मानेर कपिलले सुनिलविना नै शो चलाउने मनसुबा बनाएका छन् ।


त्यसो त सुनिलसँगै चन्दन प्रभाकर, अली असगर र सुगन्धा मिश्राले पनि कपिललाई छोडेका छन् ।

यिनीहरू नभएपनि कपिललाई फाइदै भइरहेको बताइन्छ । प्रति एपिसोड उनले एक करोड भारु पाउनेछन् ।

सहकलाकार नभएपछि सबै पैसा कपिलकै गोजीमा जानेछ । उनले कसैलाई पैसा बाँड्नै परेन ।

सुनिलले कपिलको शोको सम्झौता नवीकरण गर्न मानेका छैनन् ।

उता कपिलको शोको १०० एपिसोड पनि पूरा भएका छन् । कपिलले यसको उपलक्ष्यमा भव्य पार्टी गर्न खोजेका थिए ।

तर सोनी च्यानलले अन्तिममा आएर यसलाई क्यान्सिल गरिदियो ।

सुनिल, चन्दन र अलीको अनुपस्थितिमा सोनीले कपिललाई मस्ती गर्न दिएन ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्