कात्तिक ३०, २०८०
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
विश्वले कोरोना भाइरसको रुपमा माहामारीको सामना गरिरहँदा सामाजिक विलक्षणको एक कुरुप स्वरुपले आधुनिक समाजलाई चारै तिरबाट घेरेको छ ।
लोकतान्त्रिक समाजको पुँजीवादी चरित्रभित्र लुकेको विभेदकारी नीति र समाजको विभेदकारी रुप कोरोना भाइरसले निम्त्याएको संकटभन्दा कैयौं गुणा बढी खतरनाक र विध्वंशात्मक रहेको छ । कोरोनाले बाह्यरुपमा एकीकृत देखिएको विश्वलाई फरक–फरक धारमा उभ्याउने काम गरेको छ भने तिनै समाजभित्र रहेको असमान वर्गका जनसंख्याले यसलाई थप विभेदकारी र आत्मकेन्द्रित बनाउन लागेको देखिन थालेको छ ।
कार्ल मार्क्सको दर्शनसँग सहमति राख्ने र नजिकबाट अध्ययन गर्नेहरूले विभेदको अवस्था निकट भविष्यमा एक न एक दिन भयावहरुपले आउनेबारे सचेत बनाइरहँदा पुँजीवादको जमातले आफ्नो वर्चस्व बचाउन तिनै वर्गलाई गिज्याउने र निरंकुश समाजवादी सत्ताको वकालत गर्नेको नामले बदनाम गर्ने काम गरे । विश्वले विभेदको स्वरुप कोरोनाले निम्त्याउने भन्ने पक्कै पनि सोचेको थिएन होला र अन्ततः आज त्यो समय आउँदा एक राष्ट्रले अर्कोलाई सहयोग गर्नेभन्दा पनि आफू मात्रै कसरी सुरक्षित हुने नीतितिर केन्द्रित भएको देखिन थालेको छ ।
विश्वको सबैभन्दा शक्तिशाली राष्ट्र र बौद्धिक समाज अमेरिकालाई विभेदकारी चक्रको एक उदाहरणको रुपमा हेर्न सकिन्छ । अमेरिकी राज्यले हाल आफ्नै गठबन्धनमा रहेका अन्य शक्तिशाली युरोपेली राष्ट्रलाई आफ्नो राष्ट्रिय हित अनुरुप मात्र अनुदान र सहयोग दिने उद्घोष गरेको छ भने कही दिनयता विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) लाई दिँदै आएको सम्पूर्ण आर्थिक सहयोग रोक्का गरेको छ ।
विकसित हुन अमेरिकी समाजलाई चाहिएको मानव संशाधन कुनै एक मुलक र एक महाद्विपले मात्र सघाएन तर आज तिनै जनसंख्यालाई विश्वकै सबैभन्दा शिक्षित समाजले अहिलेको अवस्थामा रोजगारीबाट आउने आर्थिक लाभ काम बन्द भएको बेला दिन मानेका छैनन् ।
सामाजिक विभेदको यो स्वरुप नवउदारवादको नीतिले नै जन्मिएको छ । यस विधिको प्रयोगले शक्तिशाली राष्ट्रले विकासोन्मुख र अल्पविकसित राष्ट्रको शोषण गर्न सिकायो भने तिनै शक्तिशाली राष्ट्रका शिक्षित समाजले आर्थिक रुपले कमजोर रहेको विश्वका विभिन्न भागका जनसंख्यालाई प्रयोग गरेर ठूलो पुँजीवादीहरूको नामले चर्चित भए ।
शक्तिशाली राष्ट्रहरूले प्रयोगमा ल्याएका यिनै प्रक्रियाको प्रयोगले अल्पविकसित र कमजोर राष्ट्रमा सत्ताका समिप बसेकाहरूले र कृषि उत्पादनमा वर्चस्व रहेकाहरूले मिलेर आफ्नै समाज र राष्ट्रलाई थप कमजोर बनाउँदै लगिरहे । सत्ता समिप रहेका कमजोर राष्ट्रका शक्तिशाली नेताहरूले समाजलाई २ वर्गमा विभाजन गर्न शक्तिशाली राष्ट्रको हितमा पुराना उद्योग र कलकारखाना बन्द गरे र तिनै राष्ट्रले बाँडेको कमिसनको रकमले देशका विभिन्न ठाउँमा जग्गा र दैनिक उपभोगका लागि चाहिने अतिआवश्यक सामान आयात गर्दै आफ्नो आर्थिक वर्चस्व बचाउन सफल भए ।
कृषिमा पकड भएका भूमिपतिको शोषणबाट पीडित कामदारको एक मात्र कमाउने विकल्प देशभित्र रहेका कलकारखाना बन्द हुनुले वैदेशिक रोजगारी नै कमजोर र विभाजित समाजको गन्तव्य बन्दै गयो । विश्वमा यसरी शक्तिशाली राष्ट्रले आफ्नो राष्ट्रिय हित संरक्षण गर्न सफल भए भने असफल राष्ट्रमा राजनीतिक परिवर्तन र बढ्दै गएको सामाजिक विभेदले एक वर्ग मात्र शक्तिशाली र सुविधासम्पन्न हुन पुगे । कोरोनाको महामारीले उठाएका धेरै प्रश्न छन् तर ती प्रश्नमध्ये विभेदको प्रश्नले भने सबैभन्दा महत्त्वपूर्ण ठाउँ पाएको देखिन्छ ।
कोरोना र यससँगै आएको भाइरस एक दिन जानेमा कतै सन्देह छैन तर विभेदको भाइरसले देखाएको स्वरुप भने हाम्रो समाज र विश्वमा सदैवको लागि ऐतिहासिक र विध्वंशकारी हुनेछ । शक्तिशाली हुने चाहना मानवीय मनोविज्ञानको एक उपज हुँदा यसमा दोष कतै देखिदैन तर शक्तिशालीले फरक र असामान्य जिम्मेवारीको बोध नगर्नुले ठूलो दुर्घटना हुने सम्भावन प्रबल हुन्छ । मानव सभ्यताको अध्ययनले पनि यी कुरालाई अनेकौं पटक प्रमाणित गरेको छ ।
द्वापरयुगमा कौरव र पाण्डवहरूवीच भएको महायुद्धले पनि यस चिन्तनलाई प्रस्ट पारेको छ । महाभारतको युद्धमा विश्वकै शक्तिशाली मानिने कौरव सेनामा भगवान् परशुरामका ३ शिष्य भिष्म, द्रोण र कर्ण हुँदाहुदै पनि पाण्डव पक्ष जित्नुले शक्तिशालीले जिम्मेवारी नलिए नाश हुने कुरालाइ प्रस्ट पार्छ । विश्वका शक्तिशाली सभ्यताको अध्ययनले पनि यसै पक्षलाइ उजागर गर्छ । रोमन सभ्यता, ओटोमन राज्य, प्रथम र दोस्रो विश्वयुद्धभन्दा पहिलेको शक्तिशाली जर्मनीलाई पनि हामीले इतिहासकै पानाको रुपमा नियालेर हेर्दा अहिलेको विश्व व्यवस्था पनि क्रमभंग समिप पुगेको अनुभूति हुन लागेको छ ।
कोरोनाले विश्वको अर्थतन्त्रलाई कमजोर पार्दै लैजाँदा विभेदको नीतिले पनि एक पाइला सारेको छ । यो भाइरसले कतै विभेद गरेको छैन र उदाहरणकै रुपमा लिने हो भने बेलायतका प्रधानमन्त्री बोरिस जनसोन पनि यसको शिकार बनेका छन् । विभेद हेर्न हामी धेरै टाढा जानु पर्दैन । विभेद हाम्रो समाजको चरित्रमा देखिन्छ र राज्यको नीतिमा ।
विश्वकै सबैभन्दा शक्तिशाली लोकतान्त्रिक मुलुक भारत एक कुशल नेतृत्वकर्ताको हातमा छ तर यसले पनि विभेदलाई रोक्न सकेको छैन । भारतमा हाल ४० करोडभन्दा बढी जनसंख्या बेरोजगारीको शिकार भएका छन् । देशलाई यिनै जनसंख्याको आवश्यकता दैनिक कामकाजको लागि सबैभन्दा बढी छ तर आजसम्म राज्यले घरबारविहीन विभिन्न राज्यमा काम गर्न आएकालाई सुरक्षित आफ्नो घर पुर्याउने र नपुगे गाँस, बाँस र कपासको व्यवस्था गर्न सकेको छैन । सामाजिक दूरी अपनाउन चाहेर पनि यो वर्गका करोडौंको जनसंख्या आज अलपत्र र विभाजनमा परेका छन् ।
भारतका ठूलो शहरमा रहेका गरीब बस्ती आज बाध्य भएर फोहोर खोला, नाला र एक घर र अर्को घरबीच ६ फिटभन्दा कम दूरीमा बाच्न बाध्य छन् । कोरोना भाइरस यिनै समुदायमा अहिले १० भन्दामुनिको संख्यामा देखापरेको छ तर चाहेर पनि यो वर्गले आफूलाइ बचाउन नसक्ने अवस्था सिर्जना हुँदैछ ।
लोकतान्त्रिक मुलक भारतको प्रयासमाथि प्रश्न उठाउन सकिँदैन होला र राज्यले सकेसम्म जिम्मेवारी पनि लिएको देखिन्छ तर राज्यको संरचनाले विभेदमा परेकालाई पहिले उद्धार नगर्नुको मुल्य आज सम्पूर्ण देशबासीले तिर्नुपर्ने संकट कोरोनाले लिएर आएको छ र यसबाट बाँच्न अब कुन उपाय लाग्ला यो एक संवेदनशील विषय र प्रश्न राज्यलाई रहिरहने छ ।
नेपालको अवस्था झनै जटिल छ । भारतको तुलनामा नेपालको विभाजित समाजसँग न त उपयुक्त स्रोत साधन छ न त मानव संशाधन । दैनिक रोजगारीले घरबार चलाउनेहरू आज पनि कष्टकर जीवनयापन गर्दैछन् भने राज्यको जिम्मेवार निकाय कमिसनकै खेलमा मस्त देखिन्छ ।
काठमाडौंबाट ज्याला मजदुरी गर्ने रोजगारहरू अलपत्र अवस्थामा घर फर्किरहेको दृश्य आज देशको प्रायः सबैजसो पत्रिकामा खबर आएको र फोटो छापिएको छ तर राज्यसँग भने यसबारे चासो लिने न त समय नै छ, न त नीति । बिहान र बेलुका तरकारी बजार नियन्त्रण गर्न जुन राज्यसँग उपयुक्त नीति छैन, त्यो राज्यले कोरोनाको नियन्त्रण कसरी गर्नेमा प्रश्न रहिरहन्छ ।
विभेद विश्वको समाजमा संस्थागत रुपमै धेरै पहिलेदेखि नै स्थापित छ तर आज विश्वमा विभेदको स्वरुपले मानव जातिको अस्तित्वमाथि प्रश्न उठाएको छ । संस्थागत रहेको यस व्यवस्थाले सहजै परिवर्तन स्वीकार गर्दैन तर उदारवाद, प्रजातन्त्र र लोकतन्त्र जस्ता विषयले यस सन्दर्भलाई यहाँसम्म पुर्याउन कस्तो भूमिका खेलेको छ भन्ने विषयमा चिन्तन र अनुसन्धान आवश्यक देखिन्छ ।
समाज निर्माण गर्दा सीमित वर्गको मात्र हित संरक्षण हुने हो भने विश्वका धेरैजसो जनसंख्या सधैंभर प्रयोगको पात्र मात्र रहिरहने छन् । नयाँ समाजको निर्माण अब अपरिहार्य छ र अब बन्ने समाज वर्गविहीनको हुनुपर्छ ।
यस समाजले एकअर्कालाई प्रयोग नगरेर एकअर्काको सहयोग लिनेछ र समाजमा रहेको संस्थागत विभेदको अन्त्य गर्नेछ । विश्व समाजलाई हालको अवस्थाबाट बचाउन एक नेतृत्वदायी भूमिकामा समाजवादी मुलुकको अग्रसरताको आवश्यकता देखिन्छ र यो अवस्थासम्म पुग्न विश्वका शक्तिशाली मुलुकबीच मानवीय संवेदना र सदाचारिताको आधारमा समन्वय हुनुपर्छ ।
समाजवादको पथ सहज हुँदैन तर यसले लोकतान्त्रिक मर्मलाइ आत्मसाथ भने गरेको हुन्छ । उदारवादले जन्माएको लोकतान्त्रिक समाजमा एक वर्गको स्वामित्वमा अर्को वर्ग पीडित र अपहेलितको भूमिकामा हुन्छ भने समाजवादको मार्ग कठिन भएपनि यस प्रक्रियाले समाजमा देखिने लोकतन्त्र वर्गविहीनको हुन्छ । यस विधिबाट असमानताको अन्त्य हुन्छ भने सकारात्मक विभेदको शुभारम्भ ।
विश्वमा हाल फैलिएको उदारवादको परिवेशले बाह्यरुपमा समाज एकजुट भएको सन्देश दिन्छ तर यो सम्बन्ध व्यापारिक फाइदाको सीमाभित्र मात्र सिँगारिएको र आन्तरिक रुपले आत्मकेन्द्रित मात्र छ ।
कोरोना महामारले हालको विश्व संरचनाको स्वरुप उजागर गर्दा समाजवादको विद्रोह एक मात्र विकल्प देखिन्छ । यस व्यवस्थाले संसारलाई एकरुपता दिनेछ र शक्तिशालीलाई जिम्मेवार बनाएर विश्वको रक्षा गर्ने महत्त्वपूर्ण भूमिकामा ल्याउने छ ।
समाजमा हाल देखिएको असमान परिवेशले मानवताको नैतिक मर्मलाई चुनौती दिएको हुँदा परिवर्तन समिप रहेको अनुभूति हुन्छ । समाजवादको अन्तिम गन्तव्य मानव सभ्यताबीचको एकता हुनुले यस समाजको निर्माणमै विश्वको कल्याण लुकेको छ ।
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...