१० साउन २०८३, आइतबार

हातका मुद्राहरूबाट गर्नुस् विभिन्न रोगको उपचार

कात्तिक २०, २०७४
हातका मुद्राहरूबाट गर्नुस् विभिन्न रोगको उपचार

स्वास्थ्यका लागि उचित खानपानका अलावा योग पनि जरूरी हुन्छ । शरीरमा धेरै एक्युप्रेसर विन्दुहरू हुन्छन् जसबाट रोगहरूको उपचार गर्न सकिन्छ । हातका मुद्राले पीडा र शरीर बाउँडिने जस्ता समस्यालाई औषधिविना नै ठीक पार्छन् । यहाँ हामी केही मुद्राका बारेमा उल्लेख गर्नेछौं ।


ज्ञान मुद्रा

यो मुद्रा बनाउँदा हावामा विद्यमान तत्त्वले उत्साह बढाउँछन् र मानसिक विकारलाई सिध्याइदिन्छन् ।


वायु मुद्रा

दिनदिनै वायु मुद्रा गर्दा मनको उदासीनता सकिन्छ र नयाँ नयाँ सिर्जनात्मकताका विचारहरू उत्पन्न हुन्छन् ।


आकाश मुद्रा

आकाश मुद्राले मनको उदासी, रिस, डर लगायतका नकारात्मक भावनालाइए अन्त्य गरिदिन्छ र ऊर्जा सञ्चार गर्छ ।


शून्या मुद्रा

यो मुद्रा गर्दा कानका समस्याहरूबाट मुक्ति पाइन्छ ।


पृथ्वी मुद्रा

यसले थकान हटाउँछ र मांसपेशी बलियो बनाउँछ ।


सूर्य मुद्रा

थाइरोइड भएका मानिसका लागि सूर्य मुद्रा लाभकारी हुन्छ ।


वरुण मुद्रा

यसले जोर्नीको दुखाइ, बाथ र शरीर बाउँडिने समस्याबाट मुक्ति दिलाउँछ ।

पञ्जाब केसरीबाट

salt training

कमेन्ट गर्नुहोस्