२५ असार २०८३, बिहीबार

पोखराको फर्निचर उद्योगमा आगलागी

बैशाख २०, २०७७
पोखराको फर्निचर उद्योगमा आगलागी

पोखरा महानगरपालिका–८ नागढुंगास्थित विशेष फर्निचर उद्योगमा आगलागी भएको छ ।

बिहान साढे ११ बजेतिर विद्युत् सर्ट भई आगलागी भएको हो ।

आगो फैलिँदै गएका बेला दमकल, प्रहरी, सेना र सर्वसाधारणको सहयोगमा आगो निभाइएको छ ।

आगलागीबाट उद्योगमा रहेका तयारी काठ पूर्णरूपमा जलेर नष्ट भएका छन् । आगलागीकै बीचमा ग्यास सिलिन्डर समेत पड्केको थियो ।

आगो नियन्त्रण लिन ठूलो संख्यामा स्थानीय वासिन्दा भेला भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्